भण्डारीको प्रश्न- ‘पाका नेतालाई ‘गतिछाडा’ भन्ने शब्द ब्युँताउन मिल्छ र ?” « Khabarhub

भण्डारीको प्रश्न- ‘पाका नेतालाई ‘गतिछाडा’ भन्ने शब्द ब्युँताउन मिल्छ र ?”


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र बढ्दै गएको आन्तरिक विवाद र नेतृत्वको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै नेता भण्डारीले राजनीतिमा बढ्दो अराजकता र धैर्यको कमीप्रति चिन्ता व्यक्त गरेका हुन् । “झगडा राजनीति हो र ? झगडा नेपालीको पहिचान हो त ?” भन्दै उनले प्रश्न गरेका छन्, “हारमा झगडा, जितमा झगडा- न धैर्य छ, न विधि नै !”

पार्टीका वरिष्ठ नेताको भूमिकाप्रति लक्षित गर्दै उनले पाका नेतामा परिपक्वता नदेखिएको सङ्केत गरेका छन् । उनले अगाडि भनेका छन्, “पाका नेताहरू पाका बन्नु पर्दैन र ? ‘गतिछाडा’ भन्ने शब्द ब्युँताउन मिल्छ र ?”

भण्डारीले नेतृत्वलाई विधि र पद्धतिका आधारमा चल्न तथा राजनीतिक मर्यादा कायम राख्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ९ : ३९ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली