सवारी दुर्घटना र डुबेर चार जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटना र डुबेर चार जनाको मृत्यु


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यसैगरी, कपिलवस्तु र धनुषामा डुबेर दुई जनाको ज्यान गएको छ । 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा स्कुटर दुर्घटना हुँदा काठमाडौँ महानगरपालिका–३२ का ३१ वर्षीय किरण पाण्डेको मृत्यु भएको हो । 

महोत्तरीको गौशाला नगरपालिका–३ इँटाटारमा मोटरसाइकल दुर्घटना हुँदा औरही नगरपालिका–१ का २३ वर्षीय धर्मेन्द्र साहको मृत्यु भएको हो । 

त्यसैगरी कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ का १४ वर्षीय तुसार  खनालको गुदरुङ खोलामा डुबेर मृत्यु भएको छ । 

प्रहरी समाचारकक्षले आज जारी गरेको समाचार ‘बुलेटिन’अनुसार धनुषाको सहिदनगर नगरपालिका–६ हरबडाका १५ वर्षीय कार्तिक मण्डलको आफ्नै घरअगाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १२ : १२ बजे

एमालेले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम, वैशाख १२ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं– नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

दुई दशक धाउँदा पनि आमाको नामबाट नागरिकता नपाएका पीडित भन्छन्- एनजाइटीको रोगी भएँ

काठमाडौं– आमाको नामबाट नागरिकता लिन अझै असहज भएको पीडितहरूले बताएका

वैदेशिक रोजगारमा जाने कामदारले जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने

ऐनले भने : कर्मचारीले देश बिगारे, बालेनको जवाफ : त्यसको जड नै कांग्रेस-एमाले हुन्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल

चार वर्षपछि पूर्वमिस नेपाल उषाले डिभोर्सी श्रीमानसँग मागिन् २५ प्रतिशत अंश

काठमाडौं– पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले पूर्वपति जीपी तिमल्सिनासँग