सवारी दुर्घटना र डुबेर चार जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटना र डुबेर चार जनाको मृत्यु


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यसैगरी, कपिलवस्तु र धनुषामा डुबेर दुई जनाको ज्यान गएको छ । 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा स्कुटर दुर्घटना हुँदा काठमाडौँ महानगरपालिका–३२ का ३१ वर्षीय किरण पाण्डेको मृत्यु भएको हो । 

महोत्तरीको गौशाला नगरपालिका–३ इँटाटारमा मोटरसाइकल दुर्घटना हुँदा औरही नगरपालिका–१ का २३ वर्षीय धर्मेन्द्र साहको मृत्यु भएको हो । 

त्यसैगरी कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ का १४ वर्षीय तुसार  खनालको गुदरुङ खोलामा डुबेर मृत्यु भएको छ । 

प्रहरी समाचारकक्षले आज जारी गरेको समाचार ‘बुलेटिन’अनुसार धनुषाको सहिदनगर नगरपालिका–६ हरबडाका १५ वर्षीय कार्तिक मण्डलको आफ्नै घरअगाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १२ : १२ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई