लेबनानका स्वास्थ्य केन्द्रहरूमा आक्रमण जारी  « Khabarhub

लेबनानका स्वास्थ्य केन्द्रहरूमा आक्रमण जारी 


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लेबनानका स्वास्थ्य केन्द्रहरूमा  निरन्तर आक्रमण निरन्तर जारी रहेको संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको छ । पछिल्लो समयमा लेबनानले निरन्तर ८७ वटा आक्रमणको सामना गर्दा ५२ जना स्वास्थ्य कार्यकर्ताको मृत्यु हुनुका साथै अन्य १२६ जना घाइते भएको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार एक हप्ताको समयमा सातवटा आक्रमणका घटना दर्ता भएका छन् भने आक्रमणमा कम्तीमा नौ जना स्वास्थ्य कार्यकर्ताको आफ्नो कर्तव्य निर्वाह गर्दा गर्दै मृत्यु वरण गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले दक्षिणी लेबनानमा भएको आक्रमणले कयौँ हताहत हुनुका साथै सवारी साधनसहित एम्बुलेन्समा पनि प्रहार गरेको बताएका छन् ।

यसको बावजुद, संयुक्त राष्ट्र सङ्घ र यसका साझेदार सस्थाहरूले लेबनानमा आवश्यक सहयोग र सहकार्य जारी राखेको उनले बताएका छन् ।

डब्ल्युएचओ र अन्य साझेदारहरूले विस्थापित मानिसहरूलाई स्वास्थ्य परामर्श २२ हजार भन्दा बढी मानिसहरूलाई आवश्यक औषधि प्रदान गरेको डुजारिकले उल्लेख गरेका छन्। उनले दक्षिणी लेबनानमा सैन्य कारबाही विस्तार गर्ने सम्बन्धमा इजरायली सरकारले गरेको घोषणाको विकल्पमा मानवीय र स्वास्थ्य कार्यकर्ताहरू लगायत नागरिक पूर्वाधारको रक्षा गर्न आवश्यक रहेको बताए । 

लेबनानका मानवीय संयोजक इमरान रिजा र डब्ल्यूएचओका प्रतिनिधि डाक्टर अब्दिनसिर अबुबाकरले सयुक्त रुपमान जारी  जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य कार्यकर्ता र उत्तरदाताहरूको सुरक्षाका लागि आह्वान गरिएको छ ।

विगत २४ घन्टाको समय अवधिमा भएका दुईवटा छुट छुट्टै घटनामा तीन  जना शान्ति–रक्षकहरूको मृत्यु भएको जनाइएको छ। 

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १ : २७ बजे

होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत

एजेन्सी– मध्यपूर्वमा जारी तनावबीच डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले होर्मुज

जेन-जी रेडफोर्सकी संयोजक तिमल्सिना पक्राउ, सरकारको आलोचना नगर्ने सर्तमा छाडियो

काठमाडौं– नेकपा सम्बद्ध जेन–जी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा

एमाले सांसदहरूले ओलीलाई रिहा गर्नु भन्दा केही बोलेनन् प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल

शासकीय सुधारका कार्यसूची : एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

काठमाडौं– सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट

जरूरी आयोजनालाई प्राथमिकता दिएर अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि