धुम्बाराहीमा कांग्रेस देउवा पक्षको अलग्गै भेला, को को सहभागी भए ? « Khabarhub

फुटतिर कांग्रेस

धुम्बाराहीमा कांग्रेस देउवा पक्षको अलग्गै भेला, को को सहभागी भए ?

दुईजना प्रदेश सभापति पनि मिसिए


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ को निर्वाचनमा गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर नेपाली कांग्रेसले नराम्रो धक्का व्यहोरेपछि तत्कालीन सभापति शेरबहादुर देउवा समूहले टाउको उठाउन थालेको छ।

सभापति थापासहित सबै पदाधिकारीहरूसमेत पराजित हुने गरी इतिहासमै कमजोर अवस्थामा कांग्रेस पुगेसँगै देउवा पक्षले समानान्तर गतिविधि तीव्र पारेको हो ।

चौधौँ महाधिवेशनमा सभापति बनेका शेरबहादुर देउवा विदेश भए पनि निवर्तमान सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा उक्त समूहको भेला तीव्र भएको छ।

चुनावी परिणामका कारण कांग्रेस फुट्ने आशंकाबीच खड्काको नेतृत्वमा संस्थापनइतर समूहको भेला अहिले काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा चलिरहेको छ।

मंगलबार मध्याह्नदेखि चलिरहेको देउवा समूहको यो भेलामा १४औं महाधिवेशनबाट निर्वाचित तथा गत पुसको विशेष महाधिवेशनबाट बिदा भएका अधिकांश केन्द्रीय सदस्य र नेताहरू सहभागी छन् ।

यो गत असोजमा देउवाबाट कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्काको सभापतित्वमा भइरहेको छ।

यस भेलामा विशेष महाधिवेशनबाट निर्वाचित र हालको संस्थापन पक्षमा खुलेका कोही पनि नेताहरू सहभागी भएका छैनन् ।

यो भेलामा अर्का नेता डा. शेखर कोइराला र उनको समूहका नेता पनि सहभागी भएका छन् । फागुन २१ को चुनावमा गगन थापाबाट टिकट लिएर मोरङ ६ मा उठे पनि उनी अहिले देउवा समूहमै सक्रिय छन् ।

देउवा समूहका नेता गुरु बरालले यस भेलालाई औपचारिक फोरमका रुपमा व्याख्या गर्न अस्वीकार गरे । उनले यसलाई केबल अनौपचारिक भेलाको संज्ञा दिएका छन् ।

बरालले फागुन २१ को चुनावी धक्काका कारण समस्या परेको कांग्रेसलाई यस भेलाले बलियो र एकतावद्ध बनाउन सघाउने पनि बताएका छन्।

खड्काको सभापतित्वमा भइरहेको यस भेलामा फागुन २१ को निर्वाचनको पनि समीक्षा कार्यक्रम राखिएको उनले बताएका छन् ।

बरालका अनुसार बालेन्द्र शाह नेतृत्वको सरकाले गत शनिबार पक्राउ गरेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकबारे पनि छलफल हुने बताएका छन् ।

यसअघि देउवा पक्षले ओली र लेखक पक्राउको निन्दा गर्दै वक्तव्य निकालेको थियो । खड्काले निकालेको विज्ञप्तिमा दुवै नेतालाई रिहाइ गर्न माग गरेका थिए । तर उता सभापति गगन थापा पक्षधर भने यस प्रकरणमा दुवै नेताको नाम लिनसमेत पन्छिएको थियो । यस प्रकरणमा कांग्रेस नै दुई पक्षमा विभाजित भएको अवस्था छ।

यी हुन् भेलामा सहभागी नेताहरू

पूर्णबहादुर खड्का
विमलेन्द्र निधि
प्रकाशमान सिंह
डा. शेखर कोइराला
शशांक कोइराला
बद्री पाण्डे
अर्जुन जंगबहादुर सिंह
अम्बिका बस्नेत
आनन्द ढुंगाना
आशा विक
इश्वरी न्यौपाने
कान्तिका सेजुवाल
कल्याणी रिजाल
किरण पौडेल
कृष्णकिशोर घिमिरे
कुन्दनराज काफ्ले
गणेश लामा
गोविन्द भट्टराई
गुरु बराल
गेहेन्द्र गिरी
जीतजंग बस्नेत
जीवन परियार
जीवन राना
जीवनबहादुर शाही
डा. मीनेन्द्र रिजाल
डा. रणबहादुर रावल
दीपक गिरी
ध्यानगोविन्द रञ्जित
एनपी साउद
पद्मनारायण चौधरी
प्रदीप सुनुवार
पुष्प पराजुली
बलबहादुर केसी
भीम पराजुली
मदनबहादुर अमात्य
महलक्ष्मी उपाध्याय डिना
महेन्द्रा सुब्बा
मानबहादुर नेपाली
मानबहादुर विश्वकर्मा
मोहन बस्नेत
रमा कोइराला
रामहरि खतिवडा
राधा घले
राजीवविक्रम शाही
लक्ष्मी खतिवडा
विद्या तिमलसिना
शंकर भण्डारी
शारदा पौडेल
शान्ति विक
शिव हुमागाईं
श्याम घिमिरे
सरस्वती तिवारी
सरस्वती बजिमय
सीता देवकोटा
सीता राना
सीता गुरुङ
सुशीला मिश्र

प्रदेश सभापति :
ललितजंग शाही – कर्णाली
वीरबहादुर बलायर – सुदूरपश्चिम

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १ : ४४ बजे

न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा

प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति स्वाभाविक भएपनि अनुशासनभित्र रहनुपर्छ : देवराज चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रजातान्त्रिक पार्टीमा फरक मत र

होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत

एजेन्सी– मध्यपूर्वमा जारी तनावबीच डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले होर्मुज

जेन-जी रेडफोर्सकी संयोजक तिमल्सिना पक्राउ, सरकारको आलोचना नगर्ने सर्तमा छाडियो

काठमाडौं– नेकपा सम्बद्ध जेन–जी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा

एमाले सांसदहरूले ओलीलाई रिहा गर्नु भन्दा केही बोलेनन् प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल