गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए « Khabarhub

गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार मध्याह्नदेखि काठमाडौं सुरू भएको नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको भेलामा नेता डा. शेखर कोइराला पनि मिसिएका छन्।

फागुन २१ को निर्वाचनमा गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर नेपाली कांग्रेसले नराम्रो हार व्यहोरेपछि तत्कालीन सभापति शेरबहादुर देउवा समूहले टाउको उठाउँदै समानान्तर अभ्यास तीव्र पारेको हो ।

सोमबार चौधौँ महाधिशेनबाट निर्वाचित केन्द्रीय सदस्यहरू र फागुन २१ गतेको निर्वाचनमा विजयी कांग्रेसका सांसदसँग छलफल गरेको यो समूहले मंगलबार अझ बृहत् भेला गरेको छ।

चौधौँ महाधिवेशनका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा यो भेला अघि बढेको हो । चौधौँ महाधिवेशनका सभापति शेरबहादुर देउवा विदेशतिरै बसिरहेकाले खड्काको नेतृत्वमा यो समूहले कांग्रेसभित्र समानान्तर अभ्यास गरेको हो ।

यस भेलामा विशेष महाधिवेशनबाट निर्वाचित र हालको संस्थापन पक्ष कोही पनि नेताहरू सहभागी भएका छैनन् ।

तर फागुन २१ को निर्वाचनमा सभापति गगन थापाको हातबाट टिकट लिएका नेता डा. शेखर कोइराला पनि यो समूहको भेलामा जोडिएका छन् । उनी उनको समूहका अरू नेता पनि भेलामा सहभागी भएका छन् ।

फागुन २१ को चुनावमा गगन थापाबाट टिकट लिएर मोरङ ६ मा उठेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्यसँग भारी मतान्तरले पराजित भएका थिए । पराजयसँगै उनी अब देउवा समूहमै सक्रिय भएका हुन् ।

देउवा समूहका नेता गुरु बरालले यस भेलालाई औपचारिक फोरमका रुपमा व्याख्या गर्न अस्वीकार गरे । उनले यसलाई केबल अनौपचारिक भेलाको संज्ञा दिएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १ : ५४ बजे

न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा

प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति स्वाभाविक भएपनि अनुशासनभित्र रहनुपर्छ : देवराज चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रजातान्त्रिक पार्टीमा फरक मत र

होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत

एजेन्सी– मध्यपूर्वमा जारी तनावबीच डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले होर्मुज

जेन-जी रेडफोर्सकी संयोजक तिमल्सिना पक्राउ, सरकारको आलोचना नगर्ने सर्तमा छाडियो

काठमाडौं– नेकपा सम्बद्ध जेन–जी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा

एमाले सांसदहरूले ओलीलाई रिहा गर्नु भन्दा केही बोलेनन् प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल