संविधान संशोधनको जिम्मा पाएका अशिम कुनै बेला भन्थे, ‘राजा आऊ, देश बचाऊ’ « Khabarhub

संविधान संशोधनको जिम्मा पाएका अशिम कुनै बेला भन्थे, ‘राजा आऊ, देश बचाऊ’


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अशिम शाह अहिले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार हुन् । खासमा उनको पृष्ठभूमि राजनीति होइन, फिल्म निर्माता हो ।

उनै शाहलाई प्रधानमन्त्रीले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने जिम्मेवारी दिए ।

त्यतिमात्रै होइन, उनी नेतृत्वको टोलीमा राजनीतिक दलका सांसद पनि राखिने भनिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो एकल सरकार भएको बेला १०० दिनभित्रमा संविधान संशोधनको बहसपत्र तयार गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएको थियो।

त्यसैअनुरूप प्रधानमन्त्री बालेन्द्रको निर्देशनमा सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री पोखरेलका अनुसार उनको संयोजकत्वमा सबै सबै दललाई सहभागी गराएर राष्ट्रिय सहमतिको कार्यदल गठन गरिने भएको छ ।

उक्त कार्यदलमा संसद्मा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलका प्रतिनिधिहरूलाई सहभागी गराउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्।

तर उनै अशिम कुनै बेला सार्वजनिक रुपमै राजतन्त्रको वकालत गर्दै हिँडेको भेटिएको छ। राजतन्त्रप्रति सकारात्मक मात्रै होइन, उनले त्यसको पक्षमा खुलेर वकालत नै गरेको भेटिएको छ।

शाहले पाँच वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा ‘सुध्रिने मौका अब राजालाई दिनुपर्छ, राजा आऊ देश बचाऊ’ भनेर सार्वजनिक रुपमै अपील गरेको भेटिएको हो ।

२०७९ को चुनावमा उनलाई रास्वपाले मुस्लिम कोटाबाट समानुपातिक सांसद बनाएको थियो । अहिले उनी बालेन्द्रका प्रमुख सल्लाहकार भएका छन् । अब उनको काँधमा संविधान संशोधनको जिम्मा पनि आएको छ। अब उनी नेतृत्वको टोलीले संसद्मा रहेका र बाहिरका दलसँग संविधान संशोधबबारे छलफल गर्ने भएको छ।

‘देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधनसम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सात दिनभित्र ‘संविधान संशोधन बहस पत्र’ तयार गर्न कार्यदल गठन गर्ने तथा उक्त बहस प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने’, रास्वपाको सय बुँदे कार्यसूचीमा भनिएको छ।

अशिम प्रधानमन्त्री बालेन्द्रका विश्वासपात्र हुन् । बालेन्द्रले प्राय गोप्य भेटघाट अशिमकै कमलपोखरीस्थित घरमा गर्छन् । त्यही गुण उनले पहिलो मन्त्रिपरिषद् बैठकबाट प्रमुख राजनीतिक सल्लाहकार बनाएर तिरे र

अशिम काठमाडौंमै जन्मिएका हुन् । उनले भदौको जेन-जी आन्दोलनपछि सांसद पद त्यागेको घोषणा गरे । नयाँ राजनीतिक परिवेशमा रास्वपा सभापति रवि लामिछाने र बालेन्द्रबीच एकता गराउन उनले भूमिका खेले । उनकै घरमा रवि र बालेन्द्रबीच ६ घण्टा लामो बैठक भयो ।

संविधान संशोधन कार्यदलका संयोजक अशिम राजनीतिक अनुभवी पात्र होइनन् । ०७९ मा रास्वपामा प्रवेश गरेकाा उनी त्यसअघि चलचित्र निर्माता थिए ।

उनले ‘कर्कस’ नामको फिचर फिल्म पनि बनाएका छन् । त्यसमा दयाहाङ राईले खेलेका छन् । उनले ‘दुई रुपैयाँ’ चलचित्र निर्देशन गरे । यसलाई सफल नै मानिएको छ। बालेनकै भित्रिया निश्चल बस्नेतले अभिनय गरेको यो फिल्मको ‘कुटुमा कुटु सुपारी दाना’ अझे चर्चित छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  २ : ३७ बजे

एमालेले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम, वैशाख १२ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं– नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

दुई दशक धाउँदा पनि आमाको नामबाट नागरिकता नपाएका पीडित भन्छन्- एनजाइटीको रोगी भएँ

काठमाडौं– आमाको नामबाट नागरिकता लिन अझै असहज भएको पीडितहरूले बताएका

वैदेशिक रोजगारमा जाने कामदारले जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने

ऐनले भने : कर्मचारीले देश बिगारे, बालेनको जवाफ : त्यसको जड नै कांग्रेस-एमाले हुन्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल

चार वर्षपछि पूर्वमिस नेपाल उषाले डिभोर्सी श्रीमानसँग मागिन् २५ प्रतिशत अंश

काठमाडौं– पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले पूर्वपति जीपी तिमल्सिनासँग