काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ । सचिवालयले आधिकारिक फोटो भनेर दिएको तस्बिरमा बालेनकालै पहिरनमा सजिएका छन् । अफिसियल फोटोमा पनि उनले कालो चस्मा परिवर्तन गरेका छैनन् ।
प्रधानमन्त्रीको अफिसियल फोटोमा कालो चस्मा,कालो टोपी कालै दौरा सुरुवाल र कोट देखिएको छ ।
काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित हुँदा होस् या सार्वजनिक कार्यक्रममा कालै पहिरन रुचाउने बालेनले प्रधानमन्त्रीको शपथ खान जाँदा लगाएको पोशाकलाई नै अफिसियल फोटाेमा समेटिएको हो ।
बालेन्द्रको ब्राण्ड नै कालो भएको उनको सचिवालय बताउँछ। सामान्यतया अफिसियल फोटोमा कालो चस्माको प्रयोग गर्ने चलन नभएपनि बालेनले प्रयोग गरेका छन् ।













प्रतिक्रिया