स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता « Khabarhub

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता गरेको छ । 

मन्त्रालयले डडेलधुरा अस्पताल, नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा दरबन्दी रहेका तर अन्यत्र काज गरिरहेका १४ जना चिकित्सकको काज फिर्ता गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। 

उनका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मन्त्रिस्तरीय निर्णय गर्दै पहिलो चरणमा नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाएकी हुन् । 

डडेलधुरा अस्पतालमा चार जना, नारायणी अस्पताल वीरगञ्जमा पाँच जना र गजेन्द्रनारायण सिंह अस्पताल राजविराज सप्तरीमा पाँच जना विशेषज्ञ चिकित्सक फिर्ता भएका छन् ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा डा. रोहिता बज्राचार्य, डा. जोसनलाल बज्राचार्य, डा. विशालकुमार देव, डा. प्रकाश ढकाल र डा सुशील समदर्शी काज फिर्ता गरिएको छ । 

यस्तै, डडेल्धुरा अस्पतालमा डा. सन्तोषकुमार गुप्ता, डा. मिसन्ता शर्मा, डा. नवीनचन्द्र भट्ट, डा. सुयोग्य वाग्ले तथा नारायणी अस्पताल वीरगञ्जमा डा सोनीका धरी श्रेष्ठ, डा. सञ्जोग तिमिल्सिना, डा. अरुण ज्ञवाली, डा मुकेश पौडेल र डा दिपेश भट्टराईको काज फिर्ता गरिएको छ । 

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ७ : ५७ बजे

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल

कांग्रेसका खड्का र एमालेकी शर्मा रिहाइको मागसहित दायर भयो बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका