इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान « Khabarhub

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका चार बालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालय आइतबार अदालत पुगेको थियो । आइतबार प्रहरी अनुसन्धानको रायबमोजिम घटनामा संलग्न चार जनाविरुद्ध सामूहिक बलात्कारपछि हत्या भएको ठहर गर्दै सुर्खेत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएका थियो ।

महतका अनुसार चारै जनाविरुद्ध जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोगपत्र दायर गरिएको थियो ।

‘कानुनको विवादमा परेका बालकहरूले मृतकलाई जबर्जस्ती करणी गरी ज्यान मारेको वारदात पुष्टि भएको देखिई निज बालकहरूले सामूहिक जबर्जस्ती करणीतर्फको मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) विपरीत उपदफा (२) र उपदफा (७) बमोजिमको कसुर अपराध गरेको तथा कर्तव्य ज्यानतर्फ मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१) बमोजिमको कसुर गरेको तथ्य पुष्टि हुन आयो,’ सरकारी वकिल कार्यालयले अभियोगपत्रमा भनिएको थियो ।

उनीहरूविरुद्ध सामूहिक जबर्जस्ती करणीतर्फ मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) विपरीत उपदफा (२) र उपदफा (७) बमोजिमको कसुरमा सोही संहिताको दफा २१९ (३) (घ) बमोजिम कैद र सोही संहिताको दफा २१९ (३क) को खण्ड (ख) बमोजिम जरिवानाको सजाय माग गरिएको थियो ।

यस्तै, सोही संहिताको दफा २१९ को उपदफा (७) बमोजिम थप सजाय हुने ठहर अभियोगपत्रमा गरिएको छ । कर्तव्य ज्यानतर्फ सोही संहिताको दफा १७७(१) बमोजिमको कसुरमा ऐ संहिताको दफा १७७(२) बमोजिम सजाय हुने अभियोगपत्रमा दाबी गरिएको थियो ।

सामूहिक रूपमा जबर्जस्ती करणी गरी ज्यान मारेको अभियोगमा उनीहरूलाई आजन्म कैद सजायको माग अभियोगपत्रमा गरिएको थियो । यस्तै, मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (३क) को खण्ड (ख) बमोजिम जरिवानाबाट प्राप्त हुने रकम तथा सोही संहिताको दफा २२८ र दफा १८६ बमोजिम कानुनको विवादमा परेका बालकहरू परिवर्तित नाम ‘वीरेन्द्रनगर प’, ‘वीरेन्द्रनगर ध’, ‘वीरेन्द्रनगर न’ र ‘वीरेन्द्रनगर फ’ बाट मृतकका हकवालालाई क्षतिपूर्ति दिलाउन माग गरिएको थियो ।

यस्तो थियो घटना विवरण

गत २३ फागुनमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ की १६ वर्षीया इनिशाको रहस्यमय तवरबाट मृत्यु भएको थियो । त्यस दिन विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगर– ४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् ।

अस्पतालले लगत्तै उनलाई मृत घोषणा गरेको थियो । सोही दिन घटनास्थलबाट उनका प्रेमी भनिएका १६ वर्षीय अनमोल गौलीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । गौलीको बयानपछि थप तीन जना किशोरलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान थालेको थियो । पक्राउ परेका ती किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि भएको अत्यधिक रक्तश्रावका कारण बेहोस भएको बयान दिएका थिए ।

इनिशाको पोस्टमार्टम रिपोर्टमा पनि मृत्युको कारण यौनांगको भित्री भागमा लागेको गहिरो चोटका कारण भएको रक्तश्राव देखाइएको छ । इनिशा विक मृत्यु प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित नेपाल प्रहरीका चार समूहले गरेका थिए । प्रहरीले अनुसन्धानमा उच्च प्रविधिसमेत प्रयोग गरेको थियो । झण्डै १९ दिन लामो अनुसन्धान गरेको प्रहरीले इनिशाको मृत्युको कारण सामूहिक बलात्कार नभई मुख्य अभियुक्त गौलीसँगको शारीरिक सम्बन्धपछिको अत्यधिक रक्तश्राप रहेको निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ८ : ४० बजे

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल

कांग्रेसका खड्का र एमालेकी शर्मा रिहाइको मागसहित दायर भयो बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र