एसियाली छनोट : चीनसँग हुने आजको खेल जित्नै पर्ने दबाबमा महिला टिम « Khabarhub

एसियाली छनोट : चीनसँग हुने आजको खेल जित्नै पर्ने दबाबमा महिला टिम


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित नेपाली टिमले आज तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्दैछ ।

एसियन गेम्समा छनोटका लागि आज चीनमाथि जित्नै पर्ने दबाबमा नेपाली टिम छ ।

मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग दुई विकेटले पराजित भएसँगै अन्तिम खेलमा जित निकाल्नै पर्ने दबाबमा परेको हो । मलेसियालाई हराएको भए नेपाल एक खेल अगाडि नै एसियन गेम्समा छनोट हुने थियो । त्यो अवसर गुमाएको नेपाल आज दबाबमा हुनेछ ।

नेपाल र चीनको यो खेल आइतबार बिहान ७:१५ बजे सुरु हुँदैछ ।

एसियन गेम्सको छनोट चरण पार गर्न नेपाल तेस्रो बन्नुपर्ने छ । तेस्रो स्थानका लागि नेपालले चीनसँग खेल्न लागेको हो । फाइनलमा पुगेका मलेसिया र थाइल्यान्ड छनोट भइसकेका छन् ।

आजै उही समयमा सिंगापुरमा नेपाली पुरुष टिमलेसमेत एसियन गेम्स छनोटका लागि चीनसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ६ : ४८ बजे

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले