एसियाली छनोट : चीनसँग हुने आजको खेल जित्नै पर्ने दबाबमा महिला टिम « Khabarhub

एसियाली छनोट : चीनसँग हुने आजको खेल जित्नै पर्ने दबाबमा महिला टिम


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित नेपाली टिमले आज तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्दैछ ।

एसियन गेम्समा छनोटका लागि आज चीनमाथि जित्नै पर्ने दबाबमा नेपाली टिम छ ।

मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग दुई विकेटले पराजित भएसँगै अन्तिम खेलमा जित निकाल्नै पर्ने दबाबमा परेको हो । मलेसियालाई हराएको भए नेपाल एक खेल अगाडि नै एसियन गेम्समा छनोट हुने थियो । त्यो अवसर गुमाएको नेपाल आज दबाबमा हुनेछ ।

नेपाल र चीनको यो खेल आइतबार बिहान ७:१५ बजे सुरु हुँदैछ ।

एसियन गेम्सको छनोट चरण पार गर्न नेपाल तेस्रो बन्नुपर्ने छ । तेस्रो स्थानका लागि नेपालले चीनसँग खेल्न लागेको हो । फाइनलमा पुगेका मलेसिया र थाइल्यान्ड छनोट भइसकेका छन् ।

आजै उही समयमा सिंगापुरमा नेपाली पुरुष टिमलेसमेत एसियन गेम्स छनोटका लागि चीनसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ६ : ४८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल