विविध कार्यक्रमसहित मलेसियामा मनाइयो सगरमाथा दिवस « Khabarhub

विविध कार्यक्रमसहित मलेसियामा मनाइयो सगरमाथा दिवस


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले सगरमाथा आरोहणको ऐतिहासिक ७३औँ वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालको भिडियो सन्देशबाट प्रारम्भ भएको कार्यक्रममा राजदूतावासकी कार्यवाहक राजदूत मुदिता बज्राचार्यले नेपालमा पर्वतारोहण पर्यटनको महत्त्वबारे प्रकाश पार्दै हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षण, पर्वतीय समुदायको जीविकोपार्जन र संस्कृतिको संरक्षणमा नेपालको प्रतिबद्धता जनाएकी थिइन् ।

उक्त दूतावासका अनुसार सन् १९९७ मे २३ मा सगरमाथा आरोहण गरेका मलेसियाका प्रारम्भिक आरोही डाटुक मोहानादास नागप्पनले आफ्नो अनुभव सुनाउँदै आठ हजार मिटरभन्दा माथिको आफ्नो आरोहणको अनुभवले जीवनप्रतिको दृष्टिकोण परिवर्तन गरेको बताए ।

सन् २०१४ मा चो–ओयु र २०१६ मा सगरमाथा आरोहण गरेका अजीम अफिफ इशाकले हिमाली क्षेत्रमा शेर्पा समुदायलगायत स्थानीय समुदायको योगदानबिना पर्वतारोहण सफल नहुने उल्लेख गरे ।

कार्यक्रममा महिलालाई लक्षित गर्दै साहसिक यात्रा र क्याम्पिङको प्रवद्र्धनमा काम गर्दै आएकी फजलीन नाजरिनले आफ्ना अनुभव प्रस्तुत गर्दै महिला सहभागिता बढाउन सुरक्षित वातावरण आवश्यक भएको बताइन् ।

त्यस अवसरमा कार्यवाहक राजदूत बज्राचार्यले मलेसियाका पहिलो सगरमाथा आरोही डाटुक मगेन्द्रन मुनिसामी र डाटुक मोहानादास नागप्पनलाई प्रमाणपत्रसहित सम्मान गरिन् ।

कार्यक्रममा मलेसियाली पर्वतारोही, कूटनीतिक नियोगका प्रतिनिधि, पर्यटन व्यवसायी, नेपालका मित्री तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  १० : ०५ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा