गण्डकीमा राइड सेयरिङ : तोकियो भाडादर   « Khabarhub

गण्डकीमा राइड सेयरिङ : तोकियो भाडादर  


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनको भाडा तोक्ने निर्णय गरेको छ । राइड सेयरिङ नियमावली मन्त्रिपरिषद् बैठकबाट पारित गर्दै प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको हो । 

दुई तथा चार पाङ्ग्रे सवारीसाधनको भाडादरसहित २२ वैशाखमा नियमावली पारित गरिएको थियो । 

गत साल ३१ वैशाखमा प्रदेशले पहिलो पटक उक्त नियमावली पारित गरे पनि संघ सरकारको परिपत्र र यातायात व्यवसायीको आन्दोलनका कारण  कार्यान्वयनमा ल्याउन सकेको थिएन । 

प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चार पांग्रे तथा दुई पांग्रे र पेट्रोल तथा विद्युतीय सवारी साधनमा दर फरक– फरक छ । 

पेट्रोलबाट चल्ने चार पाङ्ग्रे सवारीसाधनको सुरुवाती भाडा ६० रुपैयाँ र त्यसपछि प्रति किलोमिटर ४८.५ रुपैयाँ कायम गरिइएको छ । २ किलोमिटरसम्मको आधार भाडा १५६.५ रुपैयाँ छ । 

आधार भाडा सुरुवाती र २ किलोमिटरसम्मको दुरीका लागि तोकिएको छ । यो भाडा १५६.५ रुपैयाँ हुन्छ । तोकिएको भाडामा पेट्रोलबाट चल्ने सवारीमा १० र विद्युतीय सवारीमा १५ प्रतिशत छुट दिनुपर्ने बाध्यकारी व्यवस्था छ । चारपांग्रेमा २ किलोमिटरसम्म आधार भाडा नै लाग्नेछ र त्यसपछि थप दूरीको लागि भाडा बढ्दै जानेछ ।

दुई पांग्रे सवारीसाधनको सुरुवाती भाडा ३० रुपैयाँ तोकिएको छ । यो रकम सुरुवाती यात्रा दूरीका लागि प्रयोग हुनेछ भने त्यसपछि प्रति किलोमिटर १६.८५ रुपैयाँ कायम गरिएको छ । आधार भाडा १ किमीसम्म प्रयोग हुनेछ । 

यसका लागि ४६.८५ रुपैयाँ लाग्नेछ । दुईपांग्रेले पनि पेट्रोलबाट चल्ने सवारीमा १० र विद्युतीय सवारीमा १५ प्रतिशत छुट दिनुपर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । सरकारले तोकेको भाडा र छुट राइड सेयरिङ एपमा अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ । 

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ११ : २८ बजे

आजतकको दाबी : नेपालको बाढीमा १०५ भारतीय पर्यटक बेपत्ता, बिहारका ६ जिल्ला जोखिममा

नेपालमा बाढी- रसुवा जिल्लामा तिब्बततर्फबाट आउने भोटेकोशी नदीमा अचानक आएको

काठमाडौंमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ आयोजना हुने’

काठमाडौं– ‘लन्डन क्लाइमेट एक्सन विक’ जस्ता विश्वव्यापी पहलहरूबाट प्रेरित भई

काठमाडौं महानगरले भोटेकोशी बाढीको विपद् व्यवस्थापनमा काम गर्ने 

काठमाडौं– भोटेकोशी नदीमा आएको ठुलो आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेंसी

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छ : रास्वपा सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक विपद्को

मुस्ताङलाई भूराजनीतिक प्रतिस्पर्धाको अखडा बन्न नदिन राष्ट्रिय मुक्ति क्रान्तिको आग्रह

काठमाडौं– मुस्ताङलाई अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको सैन्यकरण र भूराजनीतिक प्रतिस्पर्धाको क्रीडास्थल