एभरेस्ट टुरिजम अवार्ड २०२६ काठमाडौंमा सम्पन्न « Khabarhub

एभरेस्ट टुरिजम अवार्ड २०२६ काठमाडौंमा सम्पन्न


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एभरेस्ट टुरिजम अवार्ड २०२६ पूर्व राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न भएको छ।

सन् १९७५ मा दक्षिण-पश्चिम मार्गबाट सगरमाथाको शिखरमा पहिलो सफल आरोहण टोलीसँगै पुगेर इतिहास रचेका पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । पर्यटन क्षेत्रमा पुर्‍याएको योगदान कदर स्वरुप शेर्पालाई अवार्डसहित ५१ हजार एक सय ५१ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको हो।

सामाजिक योगदान, मानवता सेवा तथा शान्ति स्थापनाका प्रयासहरूको कदर गर्दै प्रदान गरिएको ‘पिस हिरो अवार्ड २०२६’ पप्पु यादव (राजेश रञ्जन) लाई प्रदान गरिएको छ ।

एभरेस्ट टुरिजम अवार्ड २०२६ अन्तर्गत विभिन्न व्यक्तित्वहरूलाई एभरेस्ट टुरिजम सम्मान प्रदान गरिएको छ। सम्मानित हुनेहरूमा यज्ञप्रसाद गौतम, सुनार बहादुर गुरुङ, विटिद्नान रोजानापनिच (थाइल्याण्ड), बुद्धि नारायण श्रेष्ठ र जोआओ गार्सिया (पोर्चुगल) रहेका छन् ।

साथै, ‘साहसिक पर्यटन उत्कृष्टता अवार्डबाट (पर्वतारोहण)’ अन्तर्गत प्रिन्स फैसल अल साउद (साउदी अरब), निकोल कोवाल्चुक (रूस), पुरुषोत्तम सानु, कल्पना महर्जन, कुञ्जाङ छोपेल शेर्पा, एड्रियाना ब्राउनली (बेलायत), जो हार्भे (अष्ट्रेलिया), किशोर साहि (क्यानियोनिङ), आङ छिरिङ शेर्पा, सानो बाबु सुनुवार (प्याराग्लाइडिङ) लगायतलाई सम्मान गरिएको छ।

यसैगरी ग्लोबल माउन्टेनियरिङ एक्सिलेन्स अवार्ड निर्मल पुर्जालाई प्रदान गरिएको छ । टुरिजम एक्सिलेन्स पर्सनालिटी अवार्डअन्तर्गत डा. रवि शर्मा आर्याल, डा. रमेशराज कुँवर, बेलायतका एण्ट मिडलटन तथा कलाकार अनमोल केसी, कविता नेपाली र माननीय नीलम पौडेललाई सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा सम्पूर्ण सहभागीहरूलाई आयोजक संस्थाकी अध्यक्ष सत्यकला लामाले हृदयदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिन्।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  १२ : ५० बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक