आत्मविश्वास भन्दापनि पैसा बढाउनेतिर ध्यान गएको छ हाम्रो : प्रधानमन्त्री बालेन « Khabarhub

आत्मविश्वास भन्दापनि पैसा बढाउनेतिर ध्यान गएको छ हाम्रो : प्रधानमन्त्री बालेन


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘वालेन’ले देशलाई स्तरोन्नतीको विषयमा भन्दा पनि आफूहरूको ध्यान वस्तु निर्यात र पैसा आर्जनमा रहेको बताएका छन् ।

आइतबार संसदमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री वालेनले देशलाई अति कम विकसितबाट विकासोन्मुख स्तरमा लैजान रोक्न खोजिएको विषयमा सो जवाफ दिएका हुन् । 

‘अहिले नै हामीले एलडीसीबाट ग्रयाजुएट हुँदै गर्दाखेरि हाम्रो ट्रेडका कुराहरू, हामीले निर्यात गर्ने वस्तुहरूमा लाग्ने करहरूमा अहिले छुट पाइन्छ, हामी निर्यातमुखी हुनुपर्छ, देशमा उत्पादन भएको चिज विभिन्न राष्ट्रहरूमा एक्सपोर्ट गर्न पाउँ भन्ने हिसाबले २ वर्षलाई त्यसलाई पारेका हौँ, अहिले आत्मविश्वास बढाउने भन्दापनि देशलाई पैसा चाहिएको छ, पैसा बढाउनेतिर ध्यान गाछ हाम्रो’, उनले भने ।
साथै, उनले चीन विकास भइसकेपछि मात्रै विकासोन्मुखबाट विकसित स्तरमा उक्लेको पनि उदाहरण दिए । 

‘उदाहरण एउटा दिन चाहन्छु, यो लिस्ट डेभलपमेन्ट कन्ट्रीबाट डेभलप कन्ट्रीमा जाने अथवा डेभलपिङ कन्ट्रीबाट डेभलप कन्ट्रीमा जानेमा छिमेकी राष्ट्र चीन अस्ति डेभलपिङबाट डेभलपमा गएको थियो, जबकी डेभलपको पराकाष्ठा नागिसकेको हो त्यो । त्यसकारण यो कुरा स्ट्राटेजिक रूपमा सरकारले सोच्नुपर्छ जस्तो लाग्छ ।’
 

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  २ : ०३ बजे

सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक विधायन व्यवस्थापन समितिमा

काठमाडौं– सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि

सांसदले उठाएको प्रश्नको जवाफ तीन दिनभित्र दिन सभामुखद्वारा सरकारलाई निर्देशन

काठमाडौं– आज प्रतिनिधिसभाको बैठकमा सांसद गोपाल शर्मा र आशिका तामाङले

बाढीपहिरो प्रभावितको उद्धार र राहतका लागि सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर अविरल वर्षाका कारण बाढीपहिरोले

साउन महिनामा ३ अर्ब ७७ करोड वैदेशिक लगानी स्वीकृत, १८८ साना उद्योगमा आकर्षण

काठमाडौं- आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा ३

बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्नेछौँ : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवा बाध्यात्मक वैदेशिक