प्रधानमन्त्रीको तर्क : सबैले विद्युतीय चुल्होमा खाना पकाउँदा क्षमताले धान्दैन, ट्रान्सफर्मर पड्किन्छन् « Khabarhub

प्रधानमन्त्रीको तर्क : सबैले विद्युतीय चुल्होमा खाना पकाउँदा क्षमताले धान्दैन, ट्रान्सफर्मर पड्किन्छन्


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिलेकै अवस्थामा देशलाई विद्युतीय युगमा लैजान नसकिने बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा बोल्दै देशभर विद्युतीय चुल्होबाट खाना पकाउने हो भने भार थाम्न नसकेर सबै ट्रान्सफर्मर पड्किने अनौठो तर्क गरेका छन् ।

‘अहिले तुरुन्तै हामीले देशलाई विद्युतीय युगमा लैजान सक्ने अवस्था छैन । अहिले नै विद्युतीय चुल्हो र इन्डक्सनमा खाना पकाउने हो भने देशभरका ट्रान्सफर्मर र सब-स्टेशन पड्किन्छन् । अहिले नै हाम्रो क्षमताले धान्ने अवस्था छैन’, उनले भने।

शाहले नेपाल विद्युत् प्राधिकरणको क्षमता विकासका लागि सरकारलाई पैसा चाहिएको बताए । त्यहीकारण नयाँ आर्थिक वर्षको बजेटमार्फत् ५ प्रतिशत भ्याट लगाइएको जिकिर गरे।

‘यो ५ प्रतिशत कर एकदमै धेरै ठूलो रकम होइन । देशभरका टान्सफर्मर हामीले अपग्रेड गर्नुपर्नेछ । हामीले बिजुलीका तारको मोटाइ पनि बढाउनुपर्ने आवश्यकता छ। अनि मात्रै हामीले देशलाई विद्युतीय युगमा लैजान सक्छौँ । भ्याटबाट आएको पैसा अन्त जाँदैन, विद्युत् प्रणाली बलियो बनाउनै खर्च हुन्छ।’

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  २ : २५ बजे

नयाँ विकास आयोजना समयमै कार्यान्वयन गर्न पहल गर्छु : हरि ढकाल

नारायणगढ– सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको

कर्णालीमा मन्त्री छनोटमा सहमति नजुट्दा शपथ रोकियो

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटमा सहमति जुट्न नसक्दा कर्णाली

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

हङकङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा

‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक

काठमाडौं– एमएडब्लू वृद्धिले अल–न्यू दिपल निभो क्यू ०५ नेपाली बजारमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।