पुरा हुँदै निम्कोट-भस्मेखोला सिँचाइ  « Khabarhub

पुरा हुँदै निम्कोट-भस्मेखोला सिँचाइ 


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–४ र ५ मा निर्माणाधीन निम्कोट–भस्मेखोला सिँचाइ आयोजना सम्पन्न हुने चरणमा पुगेको छ ।

भ्याटसहित १ करोड ९४ लाख दुई हजार आठ सय रुपैयाँ लागतमा एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको करिब २ किलोमिटर लामो उक्त आयोजनाबाट ६५ हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

फस्कु–प्रिसिजन जेभी, काठमाडौंले निर्माण गरिरहेको आयोजनाअन्तर्गत हेडवर्क्स, क्यानल निर्माण, पाइप जडान तथा भस्मेखोलामा मुहान निर्माणको काम भइरहेको छ । आयोजना सम्पन्न भएपछि अर्चले, निम्कोट र लप्सेवेशी क्षेत्रका दुई सयभन्दा बढी किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।

निर्माण कम्पनीका प्रतिनिधि पुरुषोत्तम बुढाथोकीका अनुसार आयोजनाको काम जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । हाल पाइप जडानको काम भइरहेको र करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको उनले बताए ।

आयोजना वैतेश्वर- ४ र ५ निर्माण भएपनि यसको प्रत्यक्ष लाभ अधिकांश वैतेश्वर- ३ मिर्गेका दुईसयभन्दा बढी किसानले लिनेछन् ।

यसअघि स्थानीय किसानहरू अस्थायी कुलोको भरमा सिँचाइ गर्न बाध्य थिए । धान रोपाइँ तथा गहुँ बाली लगाउने समयमा उपभोक्ताले आफैँ कुलो मर्मत गरेर पानी खेतसम्म ल्याउनुपर्ने अवस्था थियो ।

पानीको पालो कुर्न रातभर खेतमा बस्नुपर्ने बाध्यता समेत रहेको स्थानीय पदम बस्नेत ले बताए । अब पक्की सिँचाइ सुविधा पुगेपछि रातभर पानी कुर्नुपर्ने र कुलो मर्मतमा समय खर्चिनुपर्ने समस्याको अन्त्य हुने उनले सुनाए ।

स्थानीयका अनुसार लप्से क्षेत्रमा धान गहुँसँगै मौसमी तथा बेमौसमी तरकारी र मकै खेती हुने गरेको छ भने निम्कोट क्षेत्रमा मुख्य रूपमा धान र गहुँ खेती गरिन्छ । 

सिँचाइको सहज पहुँचसँगै खेतीयोग्य जमिनको उपयोग बढ्नुका साथै कृषि उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ६ : ४४ बजे

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न

भोटेकोशी बाढी : चीनको सीमाक्षेत्रबाट बगेका शव भारतसम्मै पुगे !

काठमाडौं – रसुवामा बाढी आएको पाँच दिनपछि पनि भारतमा लास