घनश्याम भुसालको कडा टिप्पणी : यो ऐठनको समय हो, ‘नालायक’हरूबाट ‘लफङ्गा’मा राजपाठ सरेको समय हो « Khabarhub

घनश्याम भुसालको कडा टिप्पणी : यो ऐठनको समय हो, ‘नालायक’हरूबाट ‘लफङ्गा’मा राजपाठ सरेको समय हो


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालले पनि भारतीय भूमि मिचेको अभिव्यक्ति दिएको विषयमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले तीव्र आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भुसालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई राष्ट्रियताप्रतिको गम्भीर लापरबाही भनेका छन् ।

‘हामी राजनीतिको कस्तो समयमा बाँचिरहेका छौं भन्ने कुराको ज्वलन्त उत्तर आज प्रधानमन्त्रीले सदनमा नेपालको सीमाबारे बोलेर दिएका छन् । र, यो कुनै अनौठो कुरा होइन । यो आजको नेपाली राजनीति हिँडेको बाटोमा एउटा साइनपोस्ट मात्र हो’, उनले भनेका छन् ।

भुसालले अगाडि भने, ‘राष्ट्र वा समाजको यस्तो क्षणलाई स्वनामधन्य ग्राम्सीले सबैभन्दा राम्रोसँग चित्रण गर्छन् । उनका अनुसार यस्तो क्षण पुरानो मरेको तर नयाँ नजन्मिएको क्षण हो । यो ऐठनको समय हो । यो नालायकहरूबाट लफङ्गाहरूमा राजपाठ सरेको समय हो ।’

उनले बालेनको भनाइ गन्तव्यको पूर्वाभ्यासमात्रै भएको बताए ।‘हेक्का रहोस्, यो गन्तव्यतर्फ पूर्वाभ्यास मात्र हो । नेपाल राष्ट्रले भोग्नु पर्ने दुर्दिन अझै धेरै छन्,’ उनले चेतावनी दिए ।

भुसालले नेपाली समाजको दुवै पक्षलाई आलोचना गर्दै भने, ‘पुरानैमा सास फर्न सकिन्छ कि भनेर यो अभागी समाजको एउटा पङ्क्तिले जहिलेसम्म सतीदेवीको लास बोकिरहन्छ र समाजको अर्को पङ्क्ति तथाकथित नयाँको चूर नसाबाट ब्युँझिँदैन, तबसम्म यस्तै भैरहन्छ । यो चानेचुने कुरा होइन । ब्यहोर्न तयार भए हुन्छ ।’

प्रधानमन्त्री वालेन्द्रले आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूलााई जवाफ दिने क्रममा नेपालले पनि भारतीय भूमि मिचेको भनेर दिएको अभिव्यक्ति दिएपछि चौतर्फी विरोध भएोको छ ।

शाहले लिपुलेक, लिम्पियाधुरा र कालापानी विवादबारे बोल्दै ‘भारतले मात्र नेपालको भूमि मिचेको होइन, नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको रहेछ’ भनेका थिए । उनले यो विवादमा ब्रिटेनलाई मध्यस्थ बनाउने प्रस्ताव पनि गरेका थिए ।

भुसालको यो कडा टिप्पणीले प्रधानमन्त्री शाहको अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस उत्पन्न गरेको देखाएको छ । विपक्षी दलहरूले पनि प्रधानमन्त्रीको उक्त भनाइप्रति आलोचना गरिरहेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ७ : ३४ बजे

प्रधानमन्त्रीको अभिव्यक्तिविरूद्ध १० विद्यार्थी सङ्गठनको विरोध, तत्काल माफी माग्न माग

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सङ्घीय संसद्मा नेपालको सीमा

पत्नीको हत्या गर्ने पति पर्सा प्रहरीद्वारा पक्राउ

पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले पत्नीको हत्या गरेर फरार

आईपीएल फाइनल : पहिले ब्याटिङ गरेकाे गुजरातको कमजोर सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा डिफेन्डिङ च्याम्पियन रोयल

प्रधानमन्त्रीको अभिव्यक्तिले भारत जान तम्तयार रविलाई तनाव

काठमाडौं- भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

सभामुख अघि बढ्न खोज्दा संसद्‍मा घम्साघम्सी (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिसभाको आइतबार दिनभर चलेको बैठकमा साँझ तनाव भएको छ।