प्रधानमन्त्री बालेनलाई महामन्त्री पौडेलले भने : मुलुकलाई अप्ठ्यारोमा पार्ने कुरा नबोल्नू « Khabarhub

प्रधानमन्त्री बालेनलाई महामन्त्री पौडेलले भने : मुलुकलाई अप्ठ्यारोमा पार्ने कुरा नबोल्नू


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको संसद्मा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पौडेलले प्रधानमन्त्रीजस्तो व्यक्तिले देशको सार्वभौम संसद्मा, विशेषगरी सार्वभौमसत्तासँग जोडिएका विषयमा बोल्दा अत्यन्त गम्भीरता अपनाउनुपर्ने बताएका छन्।

उनले नेपालजस्तो संवेदनशील भूराजनीतिक अवस्थाको मुलुकले आफ्ना धारणा राख्दा विषयको गहिराइ र सम्भावित प्रभावलाई ध्यानमा राख्नुपर्ने उल्लेख गरेका छन्।

संसद्मा उपस्थित भएर जनप्रतिनिधिहरूका प्रश्नको जवाफ दिनु सकारात्मक अभ्यास भए पनि भौगोलिक अखण्डताजस्ता संवेदनशील विषयमा पर्याप्त तयारीबिनाको अभिव्यक्तिले मुलुकलाई अप्ठ्यारोमा पार्न सक्ने उनको भनाइ छ।

पौडेलले आइतबार संसद्को घटनाबाट गम्भीर पाठ सिक्न आग्रह गर्दै प्रधानमन्त्रीलाई भविष्यमा विचार व्यक्त गर्दा मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय गरिमालाई उँचो बनाउने ढंगले प्रस्तुत हुन भनेका छन्।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ७ : ४१ बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर