प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध मसाल जुलुस (तस्बिरहरू) « Khabarhub

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध मसाल जुलुस (तस्बिरहरू)


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सङ्घीय संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियुले आइतबार साँझ मसाल जुलुससहित प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री शाहले संसद्मा सम्बोधनका क्रममा नेपालले पनि भारतको सीमा अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिएको भन्दै युवा तथा विद्यार्थी संगठनहरूले त्यसको विरोधमा सडक प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हित, स्वाधीनता र भौगोलिक अखण्डताविरुद्ध रहेको आरोप लगाउँदै उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन माग गरेका छन् । उनीहरूले नाराबाजी गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

युवा सङ्घ र अनेरास्ववियुका नेताहरूले नेपालको सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गैरजिम्मेवार भएको दाबी गर्दै राष्ट्रिय भावनामाथि चोट पुगेको बताएका छन् । उनीहरूले विवादित भनाइ सच्याउन र जनतासमक्ष स्पष्ट धारणा सार्वजनिक गर्नसमेत आग्रह गरेका छन्।

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ९ : ०० बजे

जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि, पार्टी समायोजन र अग्रगामी मोर्चा मुख्य एजेण्डा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी

भोटेकोशी बाढी : शव पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौं– भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले

बाढीपछि बागेश्वरी माविको सरसफाइमा नेपाली सेना

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त बागेश्वरी माध्यमिक

भोटेकोसी पहिरो : सडकको अवरोध हटाउँदै केरूङबाट १ किलोमिटर नजिक आइपुग्यो चिनियाँ टोली

तिब्बत- चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गत बुधबार आएको

भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

काठमाडौं– आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित