स्थानीय उत्पादनको ब्रान्डिङ, कोदो र फापरको पिठो बजारमा « Khabarhub

स्थानीय उत्पादनको ब्रान्डिङ, कोदो र फापरको पिठो बजारमा


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित आदानप्रदान कृषि सहकारी संस्था लिमिटेड ले स्थानीय किसानले उत्पादन गर्ने कोदो र फापरको पिठोलाई ब्रान्डिङ, लेबलिङ र प्याकेजिङ गरी बजारमा बिक्री–वितरण सुरु गरेको छ।

सहकारीले किसानबाट संकलन गरिएको कोदो र फापरलाई प्रशोधन गरी गुणस्तरीय प्याकेजिङसहित बजारमा ल्याएको सहकारीका अध्यक्ष नन्दलाल पाध्यायले जानकारी दिए। उनका अनुसार जिल्ला कृषि विकास कार्यालयको ७५ प्रतिशत अनुदानमा आवश्यक उपकरण प्राप्त भएपछि सहकारीले आधुनिक ढंगबाट प्रशोधन, लेबलिङ र प्याकेजिङको काम अघि बढाएको हो।

अध्यक्ष पाध्यायले स्थानीय उत्पादनको बजारीकरण गर्दै किसानलाई आयआर्जनसँग जोड्ने उद्देश्यले पिठोको ब्रान्डिङ गरिएको बताए। सहकारीले फापरको पिठो प्रतिकिलो २६० र कोदोको पिठो प्रतिकिलो १६० मा बिक्री गर्ने मूल्य निर्धारण गरेको छ।

सहकारीले पहिलो चरणमा ५० किलोग्राम कच्चा पदार्थबाट पिठो उत्पादन, प्रशोधन तथा प्याकेजिङ सुरु गरेको जनाएको छ। उक्त कार्यमा सहकारीका दुई कर्मचारीसँगै पदाधिकारी र सदस्यहरू पनि सक्रिय रूपमा संलग्न रहेका छन्।

कोदो र फापर खेतीको उत्पादन अवस्था तथा बजारको मागका आधारमा आगामी दिनमा उत्पादन विस्तार गर्ने योजना रहेको अध्यक्ष पाध्यायले बताउनुभयो।

उनका अनुसार बजारमा उपलब्ध अन्य तयारी खाद्य सामग्रीको तुलनामा स्थानीय उत्पादनको लागत बढी पर्ने भएकाले बजार व्यवस्थापन प्रमुख चुनौती बनेको छ। तथापि स्वादिष्ट, पौष्टिक र स्वास्थ्यवर्द्धक भएकाले स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दै जाने विश्वास सहकारीले लिएको छ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ६ : ३७ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका