फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या « Khabarhub

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा बुधबार प्राविधिक समस्या देखिएको छ । नेपालसहित विश्वका विभिन्न देशका हजारौँ प्रयोगकर्ताले सन्देश पठाउन, प्राप्त गर्न तथा प्लेटफर्म प्रयोग गर्न कठिनाइ भएको बताएका छन् ।

इन्टरनेट सेवामा आउने अवरोधको निगरानी गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार फेसबुक म्यासेन्जरसम्बन्धी समस्या उल्लेख गर्दै प्रयोगकर्ताहरूको गुनासो एकाएक बढेको छ । विशेषगरी म्यासेन्जरमा सन्देश पठाउन र प्राप्त गर्न नसकिएको, च्याट सूची लोड नभएको तथा कनेक्सन एरर देखिएको भन्दै नेपालसहित विभिन्न देशका प्रयोगकर्ताले रिपोर्ट गरेका छन् ।

त्यसैगरी फेसबुक प्रयोगकर्ताहरूले अकाउन्टमा लगइन गर्न समस्या भएको, न्युज फिड रिफ्रेस नभएको तथा मोबाइल एप लोड हुन नसकेको गुनासो गरेका छन् । मेटाकै अर्को लोकप्रिय प्लेटफर्म इन्स्टाग्राममा पनि यस्तै प्रकारका समस्या देखिएको प्रयोगकर्ताहरूले बताएका छन् ।

हालसम्म मेटाले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । समस्या सर्भरमा आएको अवरोधका कारण भएको हो वा नियमित मर्मतसम्भारका क्रममा उत्पन्न भएको प्राविधिक त्रुटि हो भन्नेबारे कम्पनीले स्पष्ट पारेको छैन ।

प्रारम्भिक जानकारीअनुसार यो समस्या सबै प्रयोगकर्तामा समान रूपमा देखिएको छैन । केही देश तथा क्षेत्रका प्रयोगकर्ताहरू बढी प्रभावित भएको देखिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ८ : ४१ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल