कसैको आलोचना गरेर वा ढुङ्गा हानेर गन्तव्यमा पुगिँदैन : विश्वप्रकाश शर्मा « Khabarhub

कसैको आलोचना गरेर वा ढुङ्गा हानेर गन्तव्यमा पुगिँदैन : विश्वप्रकाश शर्मा


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैको आलोचना गरेर वा ढुङ्गा हानेर आफ्नो गन्तव्यमा पुग्न नसकिने बताएका छन् । 

बीपी स्मृति दिवसका अवसरमा कांग्रेसले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले हरेक आलोचनाको प्रतिवादमा उत्रिँदा मूल लक्ष्य ओझेलमा पर्न सक्ने समेत बताए । 

उनले बीपीको विचार, संस्कार र उनको दर्शनलाई २१औँ शताब्दीका युवाको भावनासँग एकाकार गरेर समुन्नतिको गन्तव्य खोज्ने सङ्कल्प लिनुपर्नेमा जोड दिए ।

उनले कांग्रेसका लागि सधैँ राजनीति मात्र नभई बालश्रम उन्मूलन गर्ने र हजारौँ शिक्षक उत्पादन गर्ने जस्ता दूरगामी सामाजिक विषयहरू मुख्य प्राथमिकतामा हुनुपर्ने धारणा राखे । क्रान्तिका लागि प्राण आहुति दिने योद्धाका साथसाथै सामाजिक रूपान्तरण र सुशासनका लागि योग्य शिक्षक र नयाँ सोच आवश्यक रहेको उनको भनाइ छ ।  

उनले बीपीको सिद्धान्त अनुसार अगाडि बढ्नका लागि गगन थापा नेतृत्वको सिङ्गो टिम नयाँ ढङ्ग, नयाँ सोच र नयाँ सङ्कल्पका साथ लाग्न प्रतिबद्ध रहेको बताए । देश तथा विदेशमा रहेका सबैलाई नयाँ राजनीतिक र सामाजिक यात्रामा साथ दिन उनले आह्वान गरे । 

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ५ : ४४ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले