जर्मनी युरोकप फुटबलमा छनोट | Khabarhub Khabarhub

जर्मनी युरोकप फुटबलमा छनोट


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जर्मनी युरोकप फुटबलमा छनोट भएको छ । बेलारुसलाई ४–० गोल अन्तरले हराउँदै जर्मनी अर्को बर्षका लागि युरोकपमा छनोट भएको हो ।

जर्मनीको जितमा दुई गोल टोनी क्रुसले गरे । अरु दुई गोल म्थायस गिन्टर र लियोन गोत्र्यकाले गरे ।

गिन्टरले ४१ औ मिनेटमा जर्मनीलाई सुरुवाती अग्रता दिलाए । गोत्र्यकाले ४९ औ मिनेटमा जर्मनीको अग्रता दोब्बर बनाएका थिए ।

५५ औ मिनेटमा क्रुसले जर्मनीलाई ३–० ले अगाडी बढाए । क्रुसले ८३ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ४–० को जित दिलाए ।

समूह सीबाट १८ अंक सहित शीर्ष स्थानको जर्मनी युरोकपमा छनोट भयो । बेलारुस ४ अंक सहित तालिकाको चौथो स्थानमा रह्यो ।

नेदरल्याण्डलाई हराउन नसकेको नर्दन आयरल्याण्ड छनोटबाट बाहिरियो । डच टिम १६ अंक सहित दोस्रो स्थानमा रहँदै युरोकपमा छनोट हुने तय गर्‍यो।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ६ : ३२ बजे

कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिका बैठक बस्दै

टप टी-२० सिरिज : आज मेलबर्नसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूका प्रश्नको जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ ।

अस्ट्रेलियामाथि दक्षिण अफ्रिका ९८ रनले विजयी

काठमाडौं – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ९८ रनले हराएको छ ।