बाइकमा उभिएर भिडियो बनाउँदै गरेका सांसद गुप्ताको तस्बिर भाइरल « Khabarhub

बाइकमा उभिएर भिडियो बनाउँदै गरेका सांसद गुप्ताको तस्बिर भाइरल


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका बेला सांसदले नै नियम उलङ्घन गरेको पाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिरहा निर्वाचन क्षेत्र नम्बर १ का सांसद बब्लु गुप्ताको एक तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको छ।

भाइरल तस्बिरमा सांसद गुप्ता चलिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाइरहेको देखिन्छ। यसलाई लिएर सामाजिक सञ्जालमा सर्वसाधारणले ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै आलोचना गरिरहेका छन्। 

उक्त तस्बिर बिहीबार लहान नगरपालिका–१६, तरेगनाबाट काभ्रे महादेव मन्दिरतर्फ जाने क्रममा मोटरसाइकलको पछाडि उभिएर भिडियो खिच्दै गरेका बेलाको हो। यस घटनाबारे सांसद गुप्ता वा सम्बन्धित निकायको औपचारिक प्रतिक्रिया पनि सार्वजनिक भएको छैन।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ८ : ०५ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ