विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु « Khabarhub

विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

भद्रपुर-  झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–१३ निवासी ३० वर्षीय सशस्त्र प्रहरी जवान सुदिम खत्री बिहीबार साँझ करिब ५ बजे गण परिसरभित्र आन्तरिक विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घटनालगत्तै उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्‍याइएको थियो। अस्पतालले उपचारका क्रममा उनलाई मृत घोषणा गरेको वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक केसीले जानकारी दिए।

प्रहरीका अनुसार मृतक खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट विद्युत् सम्बन्धी तालिम प्राप्त गरेका थिए।

घटनाको कारणबारे आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  १० : ४८ बजे

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने