डा. केसीले अनशन फिर्ता नलिए प्रतिअनशन बस्ने संघर्ष समितिको चेतावनी « Khabarhub

डा. केसीले अनशन फिर्ता नलिए प्रतिअनशन बस्ने संघर्ष समितिको चेतावनी


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

धनगढी– शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक लोकराज पाण्डेले डा. गोविन्द केसीले विश्वविद्यालयसम्बन्धी विरोध र अनशन फिर्ता नलिए आफूहरू प्रतिअनशनमा बस्ने चेतावनी दिएका छन्।

भिडियो सन्देश जारी गर्दै पाण्डेले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमवासीको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धि भएको उल्लेख गर्दै यसको विरोध कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।

उनले विश्वविद्यालयका पदाधिकारी नियुक्ति खारेज गर्नुपर्ने मागसहित जारी अनशन तत्काल फिर्ता लिन डा। केसीलाई आग्रह गरेका छन्। माग फिर्ता नलिए सरकार र डा। केसीविरुद्ध नै प्रतिअनशन सुरु गर्ने चेतावनीसमेत दिएका छन्।

पाण्डेले सुदूरपश्चिमका नागरिकको भावना, अधिकार र आकांक्षामाथि प्रहार हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउँदै विश्वविद्यालय सञ्चालन प्रक्रियालाई कमजोर बनाउने प्रयास नगर्न आग्रह गरे।

यसैबीच, डा. गोविन्द केसी धनगढीमा आफ्नो २४औँ सत्याग्रहमा छन्। उनले चिकित्सा शिक्षा सुधारसँगै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विषयलाई पनि आफ्नो आन्दोलनको एजेन्डा बनाएका छन्।

डा. केसीले गेटामा विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया उपयुक्त नभएको र हतारमा निजी स्वार्थ समूहलाई फाइदा पुग्ने गरी कानुन ल्याइएको आरोप लगाउँदै आएका छन्।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ११ : १७ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ