धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’ « Khabarhub

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएलगत्तै प्रमुख प्रतिपक्षी दल कंग्रेसको प्रतिक्रिया सार्वजनिक भएको छ । कंग्रेसले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी ‘भारतको अतीत’ भएको र ‘अतीतले कहिल्यै भविष्यसँग लड्न नसक्ने’ उल्लेख गरेको छ ।

यसै क्रममा कंग्रेस नेता पवन खेडाले शिक्षा मन्त्रीको राजीनामा धेरै ढिलो गरी चालिएको र अपर्याप्त कदम भएको बताएका छन् । उनले प्रधानको राजीनामा आउन धेरै ढिलो भइसकेको र अझै धेरै गर्न बाँकी रहेको अर्थमा ‘अ डे लेट एन्ड अ डलर सर्ट’ भनेका छन् । उनले ढिलै भए पनि यो समस्याबाट मुक्ति मिलेकोमा भारतका जनतालाई बधाई दिएका छन् ।

मन्त्रीको राजीनामा पछि कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले यसलाई देशका युवा र सत्यको ठूलो जितको रूपमा व्याख्या गरेका छन् । उनले भारतीय विद्यार्थीहरूको आवाज अन्ततः घमन्डी सत्ताको दैलोसम्म पुगेको र यो प्रधानमन्त्रीको हठको हार भएको बताएका छन्।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ४ : ३० बजे

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,