स्थानीय चुनावमा तालमेलको दिशामा एमाले-नेकपा सहमति : सूर्य थापा « Khabarhub

स्थानीय चुनावमा तालमेलको दिशामा एमाले-नेकपा सहमति : सूर्य थापा


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता सूर्य थापाले स्थानीय चुनावमा तालमेलको दिशामा एमाले-नेकपा सहमति भएको जनाएका छन् ।

दुई पार्टीबीच भएको सहमतिपत्र सामाजिक सञ्जालमा शेयर गर्दै नेता थापाले प्रदेश सरकारमा सहकार्य, पार्टीबीच कार्यगत एकता र स्थानीय निर्वाचनमा तालमेलको दिशामा सहमित भएको जनाएका हुन् ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिअनुसार दुई दलले प्रदेशसभामा संयुक्त रूपमा सरकार गठन गर्दै सत्ता साझेदारी गर्ने भएका छन् ।

दुई दलबीच भएको सहमति अनुसार कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा नेकपा (एमाले) ले सरकारको नेतृत्व गर्नेछ । त्यसैगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व सम्हाल्ने तय भएको छ ।

मधेश प्रदेश र गण्डकी प्रदेशमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत आवश्यक परामर्श गरी सरकारको नेतृत्व तथा सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ ।

यद्यपि सहमतिपत्रमा स्थानीय निर्वाचनमा तालमेलबारे केही उल्लेख छैन ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ६ : २३ बजे

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,