प्याज खेतीबारे महत्वपूर्ण जानकारी « Khabarhub

प्याज खेतीबारे महत्वपूर्ण जानकारी


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

प्याज नेपालीहरुले प्रयोग गर्दै आएको तरकारी हो । नेपाली कृषकहरुले प्याज खेतीबाट राम्रो आम्दानी पनि गर्ने गरेका छन् ।

कतिपय कृषकहरुले प्याज खेतीको तौर तरिका नजान्दा उत्पादन कम हुने, डल्लो सानो लाग्ने, प्याजमा किरा लाग्ने लगायतका समस्याहरु भोग्ने गरेका छन् । आज हामीले प्याज खेतीबारे केही महत्वपूर्ण जानकारी यहाँ प्रस्तुत गरेका छौं–

हावापानी :
प्याजलाई समुन्द्री सतहबाट उच्च पहाडसम्म सफलतापूर्वक उत्पादन गर्न सकिन्छ । यसलाई वनस्पति वृद्धी ( बोट बढ्न ) हुन ठण्डा वातावरण र गानो बन्न अलि न्यानो वातावरण आवश्यक पर्दछ । यो  हिउँदमा ( पुष–माघ ) जमिन माथिको भाग बढ्दछ भने जब फागुनमा न्यानो वातावरण पाउँछ तब गानोको विकास भई गानो बढ्न थाल्दछ । यो बालीलाई १८–२२ तापक्रम राम्रो मानिन्छ ।

माटो :
प्याजलाई प्रशस्त प्राङ्गारिक पदार्थ भएको दोमट खुकुलो माटो राम्रो हुन्छ । साथै पानी नजम्ने, सिंचाईको सुविधा भएको एज् मान ५.८– ६.५ सम्मको माटो सबैभन्दा राम्रो मानिन्छ ।

जातहरु :
एन–५३, रेड क्रिबल, पुसा रेड आदि । एन–५३ सबैभन्दा राम्रो हुन्छ

बिउदर : सेट (सानो गानो) ८०–१०के.जी. प्रति रोपनी ।

बाली लगाउने समय :
सेट (गानो) रोप्न श्रावणको अन्त्यदेखि भाद्रको अन्त्यसम्म राम्रो हुन्छ । यदि वर्षाद अगावै लगाउँदा ठूलो पानी परेमा बोट राम्रोसंग फैलिन पाउँदैन र रोगको प्रकोप बढी हुन्छ ।

विरुवा सार्ने तरिका, उमेर र दुरी :

ब्याडको साइज १ मिटर चौडाई र लम्बाई आवश्यक अनुसार र उचाई १५ देखि २० सेमी (करिब एक बित्ता) को अग्लो ड्याङ तयार पार्ने ।

वाष्णीकरण कम गर्न बेर्ना सार्नु भन्दा पहिले पातको माथिबाट एक तिहाइ भाग काटेर फाल्ने ।

बीऊ रोपेको एकदेखि डेढ महिनामा बेर्ना सार्ने ।

एउटा हारदेखि अर्को हार बीचको दूरीको फरक १५ सेमी र बोटदेखि बोट सम्मको दूरी १० सेमी राख्ने ।

बेर्ना सारेको ७ दिनभित्र बेर्ना मरेको ठाउँमा नयाँ बेर्ना सार्ने ।

भण्डारण

कृषकहरुले प्याज उत्पादन गरे पनि त्यसालाई बजारमा तत्काल पु¥याउन सम्भव हुँदैन । यसका लागि भण्डारण गर्नुंपर्ने हुन्छ । प्याज भण्डारण गर्ने तरिका नजान्दा उत्पादन भएको प्याज खेर जाने जोखिम बढ्छ । यसका लागि भण्डारण गर्न विभिन्न तरिका हरु अपनाउनुपर्छ ।

प्याजको गाना तयार हुनु भन्दा २ हप्ता अगाडि नै प्याजको वोटमा मेलिक हाईड्राजाईड नामक रसायन २५०० पीपीएमप्रति लिटर पानीमा मिसाई छरेमा भण्डार गरिएको प्याज उम्रने तथा टुसाउने प्रकृया अवरुद्ध हुन्छ जसले प्याजको भण्डारण अवधि लम्ब्याउन सकिने कृषीविज्ञहरु बताउँछन् ।

प्याज खेती गर्दा यसलाई अपनाउनु पर्ने विधिहरु राम्ररी अपनाएको खण्डमा २०००–३००० के.जी. प्रति रोपनी उत्पादन गर्न सकिन्छ । कृषकहरुले प्याज खेतीबाट कसरी नाफा लिने भन्ने सोच बनाइरहनु भएको छ भने खुद नाफाको हिसावले हेर्ने हो भने वेमौसममा सेट प्रयोग गरी लगाइएको हरियो प्याजबाट दोब्बर वढी फाइदा लिन सकिन्छ।

प्याजको गानोमा प्रशस्त मात्रामा चिस्यान रहने हुनाले उपयुक्त रुपमा भण्डारण गर्न सकिएन भने छिट्टै नोक्सानी हुन्छ । विशेषतः पूर्ण नछिप्पिएका, चोट पटक लागेका र हावाको संचार राम्रो नहुने ठाउँमा भण्डारण गरिएको खण्डमा कृषकले बढी नोक्सानी व्यहोर्नु पर्ने हुन्छ ।

प्याज भण्डार आलु भण्डार जस्तै होइन । प्याज भण्डारण गर्दा सुख्खा, चिसो तथा हावा संचारको पूर्ण संयोजन हुनुपर्दछ । यस्तो हुँदा भण्डारण गरिएको प्याज छिट्टै उम्रने/टुसाउने हुन्छ ।

प्याजको गानाहरु जीवित भएकोले स्वास प्रश्वास क्रिया जारी नै रहन्छ र गानोमा पानीको मात्रा रहेकोले सूर्यको प्रकाश पाउनासाथ टुसाउन थाल्दछ । टुसाउनबाट वच्नको लागि सके सम्म अँध्यारो कोठा तथा वाली खन्नु अगावै मेलिक हाइड्राजाईडको प्रयोग गर्न सकिन्छ । स्थानीय स्तरमा भने खरको छानो भएको हावा राम्रो संचालन हुने जुटको वोराले छोपिएको भण्डारण संरचनामा भण्डारण गर्न सकिन्छ ।

प्याज काट्दा आँखा पिरो हुने र आँखु आउने गर्छ । यसबारे धेरैलाई थाहा हुँदैन । प्याजमा एक किसिमको एलिनोज नामक इन्जाईम हुन्छ जसको माध्यमवाट साइनो प्रोपानेथियल एस अक्साईड नामक ग्यास वन्छ जुन हावा मार्फत आँखामा पुग्छ र पिरो भई आँखा पोल्दछ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ९ : ०० बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या