चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग « Khabarhub

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. प्रमोद रामसहित अन्य चिकित्सकमाथि भएको सामूहिक भौतिक आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा अवाञ्छित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार शाखा अध्यक्ष डा. मनोज कुमार गुप्ताको अध्यक्षतामा बसेको आकस्मिक बैठकपछि जारी प्रेस विज्ञप्तिमा संघले यस्ता हिंसात्मक घटनाले सम्पूर्ण चिकित्सक समुदायलाई स्तब्ध र आक्रोशित बनाएको उल्लेख गरेको छ ।

संघले घटनामा संलग्न व्यक्तिहरूमाथि मुलुकी अपराध संहिता, २०७४ तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधनसहित) बमोजिम तत्काल मुद्दा दर्ता गरी कानुनअनुसार कडा कारबाही गर्न माग गरेको छ ।

त्यस्तै, घटनापछि निलम्बनमा परेका पीडित चिकित्सकहरूको निलम्बन तत्काल फिर्ता गरी उनीहरूको पेशागत सम्मान, सुरक्षा र मनोबल पुनःस्थापित गर्न पनि संघले माग गरेको छ । साथै, वैज्ञानिक आधारबिनै गठन गरिएको छानबिन समिति तत्काल खारेज गर्नुपर्ने जनाएको छ ।

विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्य संस्थाको कार्यसम्पादनमा पत्रकार वा अन्य कुनै पक्षबाट हुने अनधिकृत हस्तक्षेप, अनावश्यक दबाब तथा सार्वजनिक रूपमा गरिने पूर्वाग्रही र चरित्रहत्या गर्ने टिप्पणी रोक्न समेत सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

संघले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्दै स्वास्थ्य संस्थामा शान्तिपूर्ण र सुरक्षित कार्य वातावरण कायम गर्न सरकार तथा सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न अनुरोध गरेको छ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  १ : ४४ बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा