धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री « Khabarhub

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय मन्त्री प्रह्लाद जोशीलाई शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिएका छन्।

राष्ट्रपति द्रौपदी मुर्मुले शनिबार धर्मेन्द्र प्रधानको राजीनामा तत्काल प्रभावबाट स्वीकृत गरेपछि जोशीले शिक्षा मन्त्रीको पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहणपछि जोशीले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीप्रति विश्वास व्यक्त गर्दै शिक्षा मन्त्रालयको जिम्मेवारी विनम्रता र कर्तव्यबोधका साथ पूरा गर्ने बताएका छन्।

हाल प्रह्लाद जोशीले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय र नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। अब शिक्षा मन्त्रालयको अतिरिक्त कार्यभार पनि उनीकै जिम्मामा आएको छ।

प्रह्लाद जोशीको जन्म २७ नोभेम्बर १९६२ मा कर्नाटक राज्यको विजयपुरामा सामान्य परिवारमा भएको हो। बाल्यकालदेखि नै उनी सामाजिक सेवा र जनसरोकारका विषयमा सक्रिय थिए। विद्यार्थी जीवनमै विभिन्न सामाजिक गतिविधिमा सहभागी हुँदै जनतासँग जोडिएका मुद्दा उठाउने गरेका थिए।

जोशीले सन् १९९५ मा सक्रिय राजनीतिक यात्रा सुरु गरेका थिए। सन् १९९५ देखि १९९८ सम्म उनी धारवाडमा भारतीय जनता पार्टी (भाजपा) का जिल्ला अध्यक्ष रहे। त्यसपछि सन् १९९८ देखि २००३ सम्म जिल्ला महासचिवको जिम्मेवारी सम्हाले।

पार्टी संगठनमा निरन्तर सक्रियतापछि उनले धारवाड लोकसभा निर्वाचन क्षेत्रबाट भाजपा उम्मेदवारका रूपमा चुनाव लडे र कांग्रेसका बी. एस. पाटिललाई पराजित गर्दै पहिलो पटक सांसद निर्वाचित भए। त्यसयता उनले लगातार पाँच पटक धारवाडबाट लोकसभा निर्वाचन जित्दै आएका छन्।

सन् २०१९ मा प्रधानमन्त्री मोदी नेतृत्वको दोस्रो कार्यकालको सरकार गठन हुँदा ३० मे २०१९ मा प्रह्लाद जोशी पहिलो पटक केन्द्रीय मन्त्रिपरिषद्मा समावेश भएका थिए। त्यसबेला उनी संसदीय मामिला मन्त्री बनेका थिए। पछि उनले कोइला मन्त्रालयको जिम्मेवारी पनि सम्हाले।

मोदी सरकारको तेस्रो कार्यकालमा जोशीलाई उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय र नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको थियो। अब शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी पाएसँगै उनको कार्यक्षेत्र थप विस्तार भएको छ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ३ : ०१ बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा