कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती « Khabarhub

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले विशेष सतर्कता अपनाउनुपर्ने बताएकी छिन् । उनले बालबालिकाको सुरक्षाका लागि उनीहरूसँग समयमै र खुला रूपमा कुराकानी गर्नुपर्ने सुझाव दिएकी छिन् ।

हरेक अभिभावकले आफ्ना छोराछोरीसँग राम्रो र नराम्रो स्पर्श अर्थात् गुड टच र ब्याड टचका बारेमा उमेरअनुसार सरल भाषामा खुला छलफल गर्नुपर्ने डा. उप्रेतीको भनाइ छ । यसले बालबालिकालाई आफूलाई सुरक्षित राख्न र जोखिमपूर्ण अवस्था पहिचान गर्न मद्दत गर्नेछ । बालबालिकालाई शरीरका निजी अङ्गहरू कसैले पनि बिना उचित कारण छुन नहुने कुरा स्पष्ट रूपमा बुझाउनुपर्ने उनले सल्लाह दिएकी छिन् ।

यदि कसैले नराम्रो तरिकाले छोएमा, डर देखाएमा वा यो कुरा कसैलाई नभन्नू भनेर दबाब दिएमा तुरुन्तै बुबा, आमा, शिक्षक वा आफूले विश्वास गर्ने वयस्क व्यक्तिलाई जानकारी दिनुपर्छ भनी बालबालिकालाई सिकाउनु आवश्यक छ । अभिभावकले आफ्ना छोराछोरीका कुरा सधैं ध्यानपूर्वक सुन्नुपर्ने र बच्चाले कुनै अनुचित व्यवहार वा स्पर्शको बारेमा बताएमा बच्चालाई गाली गर्ने, दोष दिने वा यस्तो हुनै सक्दैन भनेर बेवास्ता गर्न नहुने उनको सल्लाह छ ।

उनले घरमा बालबालिकाले निर्धक्क भएर आफ्ना अनुभव र भावना व्यक्त गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्न र हरेक दिन केही समय उनीहरूसँग संवाद गर्न अभिभावकलाई आग्रह गरेकी छिन् ।

यदि बच्चाको व्यवहारमा अचानक परिवर्तन आएमा, अत्यधिक डराउन थालेमा, उदास देखिन थालेमा वा कुनै व्यक्तिसँग जान अस्वीकार गरेमा तुरुन्त त्यसको कारण बुझ्ने प्रयास गर्नुपर्छ । अभिभावकको माया, आपसी विश्वास, सही सूचना र समयमै प्राप्त हुने सहयोगले मात्र बालबालिकालाई यौन दुर्व्यवहारबाट सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने डा. उप्रेतीको भनाइ छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ४ : २४ बजे

हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण

 एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार