उत्कृष्ट करदातालाई सम्मान गरिने  « Khabarhub

उत्कृष्ट करदातालाई सम्मान गरिने 


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले उत्कृष्ट करदातालाई सम्मान गर्ने भएको छ । आइतबारदेखि शुरु हुने आठौं राष्ट्रिय कर सप्ताहको अवसरमा विभिन्न क्षेत्रका व्यवसायी एवं करदाताहरूलाई सम्मान गर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले कर सप्ताहको सम्पूर्ण तयारी पूरा भएको भन्दै उत्कृष्ट करदातालाई सम्मान गर्न लागेको जनाएको हो । नेपालमा मूल्य अभिवृद्धि कर शुरु गरेको अवसरमा विगत ८ वर्षदेखि हरेक वर्ष १ मंसिरको दिनलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउँदै आएको छ ।

सरकारले २०५४ सालको १ मंसिरबाट मुलुकमा मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याइएको थियो । २०६९ सालको २ कात्तिकको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष १ मंसिरमा कर दिवस मनाउने निर्णय गरेअनुरूप नै यो दिवस मनाउन लागिएको हो ।

विभागका महानिर्देशक कुँवरले केन्द्रीयस्तरमा विभागको आयोजनामा र हरेक कार्यालयमा कार्यालयहरूले कर दिवसको विशेष कार्यक्रम गर्नेछन् । यसैगरी, निजी क्षेत्रका छाता संगठनले पनि कर दिवसका विभिन्न कार्यक्रम आयोजना गर्ने उनले जानकारी दिए ।

विभागले कर दिवसको अवसरमा मूल्य अभिवृद्धि कर, आयकरलगायतमा सबैभन्दा धेरै योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने तयारी गरेको छ ।

यसैगरी, सम्पूर्ण कार्यालयले पनि आफू मातहतका करदाताको सम्मान तथा जनचेतना अभिवृद्धि कार्यक्रम गर्नेछन् । ‘स्वच्छ कर प्रशासन, विकार सुशासन’ भन्ने मूल नाराका साथ यसपटकको कर दिवस मनाउन लागिएको विभागले जनाएको छ ।

८ लाख करदाता थपिए

चालू आर्थिक वर्षको पहिलो चार महिनामा ८ लाख नयाँ करदाता थपिएका छन् । विभागले दिएको जानकारीअनुसार गत आवको अन्त्यमा जम्मा २१ लाख करदाता थिए ।

अहिले सो करदाताको संख्या बढेर कुल २९ लाख ६५ हजार पुगेका छन् । सो करदातामध्ये २ लाख ३९ हजार ७५८ जना मूल्य अभिवृद्धि कर ( भ्याट) तर्फका करदाता हुन् । यसैगरी, सरकारले ल्याएको ‘प्यान फर अल’ कार्यक्रमबाट ७ लाख ९४ हजार नयाँ करदाता करको दायरामा आएको विभागका महानिर्देशक कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १० : ५५ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका