देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगनको माग, संयम अपनाउन अपिल « Khabarhub

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगनको माग, संयम अपनाउन अपिल


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसाप्रति दुःख व्यक्त गर्दै घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारसँग माग गरेका छन्।

सोमबार थापाले सरकारसँग नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्न उठाएका छन्। सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ संयमित, सतर्क र जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने उनको भनाइ छ।

उनले परिस्थितिको समयमै आकलन गरी घटना हुन नदिन पर्याप्त समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउनुपर्नेमा नागरिकको ज्यानै जाने अवस्था आउनु दुःखद भएको उल्लेख गरेका छन्। घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न उनले सरकारसँग आग्रह गरेका छन्।

थापाले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन र मृतकका परिवारलाई आवश्यक सहयोग तत्काल उपलब्ध गराउन पनि सरकारलाई आग्रह गरेका छन्।

यसका साथै, प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिको संवेदनशील र जिम्मेवार व्यवस्थापन गर्न सरकारसँग अनुरोध गर्दै उनले सबै पक्षलाई संयम अपनाउन अपिल गरेका छन्।

उनले स्थानीयवासी, सामुदायिक संस्था, नागरिक समाज, राजनीतिक दल तथा सबै सरोकारवालालाई कुनै पनि अफवाह वा उत्तेजनामा नलागी सामाजिक सद्भाव कायम राख्न योगदान गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ६ : ३२ बजे

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक