अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार « Khabarhub

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि औषधि लिन अस्वीकार गरेपछि थप समस्या भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष ९आईसीयू० मा राखेर उपचार भइरहेकामा सुगरको मात्र बढाउने औषधि÷स्लाइन लिनुपर्ने भए पनि डा केसीले अस्वीकार गरिरहेको अस्पतालले जनाएको छ ।

अस्पतालले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिअनुसार उहाँको रक्तचाप ९०÷६० एमएमएचजी रहेको छ भने रगतमा चिनीको मात्रा न्यून अर्थात् ४२ मिलिग्राम प्रतिडेसिलिटरमा झरेको छ, जसलाई चिकित्सकीय भाषामा ‘हाइपोग्लाइसेमिया’ भनिन्छ । यस्तै, पिसाबमा किटोन बडी देखिएको र रगतमा एसिडोसिससमेत देखापरेको अस्पतालले जनाएको छ ।

डा केसीलाई चक्कर लाग्ने, मांसपेशी बाउडिने ९मसल क्र्याम्प्स० तथा कमजोरीका कारण बोल्नसमेत असहज हुने समस्या देखिएको विज्ञप्तिमा उल्लेख छ । अस्पतालका चिकित्सकहरूको नेतृत्वमा गठित चार सदस्यीय उपचार टोलीले उनको स्वास्थ्य अवस्थाको २४ सै घण्टा निगरानी गरिरहेको जनाइएको छ । लामो समयदेखि मधुमेहको समस्या रहेको र बढ्दो उमेरका कारण पनि उहाँको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको अस्पतालले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ८ : ५९ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही