२४ घण्टामा विपद्का ४२ घटना : ३ जनाको मृत्यु, २९ जना घाइते « Khabarhub

२४ घण्टामा विपद्का ४२ घटना : ३ जनाको मृत्यु, २९ जना घाइते


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४२ वटा घटना दर्ता भएका छन् । ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिनअनुसार सबैभन्दा बढी १२ वटा पहिरोका घटना दर्ता भएका छन् । 

पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । पहिरोका कारण ५५ परिवार प्रभावित भएका छन् ।

त्यस्तै, १२ वटा सर्पदंशका घटनामा १२ जना घाइते भएका छन् । ७ वटा चट्याङका घटनामा २ जना घाइते भएका छन् । 

यस्तै, ६ वटा वन डढेलोका घटनामा ४ जिल्ला प्रभावित भएका छन् भने ३ वटा जनावर आक्रमणका घटनामा ३ जिल्ला प्रभावित भई २ जना घाइते भएका छन् । बाढी, भूकम्प र भारी वर्षाका एक–एक घटनासमेत दर्ता भएका छन् ।

बुलेटिनअनुसार हालसम्म मनसुनजन्य विपद्बाट २२ चौपाया मरेका छन् भने करिब २१ लाख ९२ हजार ५०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। साथै ९ वटा सडक अवरुद्ध भएका छन् ।

मनसुन सुरु भएयता विभिन्न विपद्का कारण देशभर १५८ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले वर्षा जारी रहेकाले नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम रहेका स्थानमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
 

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १ : ०९ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले