उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ – नेता पौडेल « Khabarhub

उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ – नेता पौडेल


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यका लागि पनि जनमत जाहेर गर्न उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् ।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको चुनाव प्रचारप्रसार कार्यक्रमअन्तर्गत आज पोखरा महानगरपालिका–३३ मा घरदैलोमा सहभागी बन्दै उनले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए ।

सरकार लोकतान्त्रिक संविधानका विपरीत अघि बढेको बताउँदै उनले न्यायालयलाई कमजोर बनाउने, प्रेस स्वतन्त्रता हनन् गर्ने जस्ता कार्यमा उद्यत रहेको धारणा राखे ।

पार्टीले चुनाव प्रचारप्रसारका क्रममा आज पोखरा महानगरपालिका–३३ भरतपोखरीमा आफ्नो घरदैलो गरेको छ । काँग्रेसका तर्फबाट उम्मेदवार खेमराज पौडेलले ८८ वर्षीय
होमनाथ आचार्यबाट आशीर्वाद लिएर पोखरा–३३ मा घरदैलो शुरु गरेका हुन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  २ : ०९ बजे

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते

बागमतीका मुख्यमन्त्री भन्छन्- राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायो

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक