सर्वदलीय बैठकमा प्रश्न: यो देशमा प्रधानमन्त्री र गृहमन्त्री छन् कि छैनन् ? « Khabarhub

सर्वदलीय बैठकमा प्रश्न: यो देशमा प्रधानमन्त्री र गृहमन्त्री छन् कि छैनन् ?


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङको खोजी गरिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईलगायतले प्रधानमन्त्री र गृहमन्त्री सर्वदलीय बैठकमा उपस्थित नभएको विषयमा प्रश्न उठाएका हुन्।

‘यो बैठक प्रधानमन्त्रीले डाक्नुपर्ने हो। तर यहाँ प्रधानमन्त्री र गृहमन्त्री नै उपस्थित भएको देख्दिनँ। के देशमा प्रधानमन्त्री हुनुहुन्न ? गृहमन्त्री पनि हुनुहुन्न भन्नुपर्‍यो,’ श्रम संस्कृति पार्टीका महासचिव राईले भने, ‘सबै प्रतिपक्षी र सत्तापक्षकै नेताहरूले पनि प्रधानमन्त्री र गृहमन्त्री खोजेजस्तो मलाई महसुस भएको छ। सभापतिज्यू, प्रधानमन्त्री कहाँ हुनुहुन्छ?’

बैठकमा बोल्ने क्रममा गगन थापा र एमाले महासचिव पोखरेलले पनि प्रधानमन्त्री र गृहमन्त्रीको व्यवहारिक भूमिका नदेखिएको र अपरिपक्व व्यवहार गरेको टिप्पणी गरेका थिए।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि देशको प्रधानमन्त्रीका हैसियतले घटनाका विषयमा बालेनले नै सर्वदलीय बैठक बोलाउनुपर्नेमा जोड दिएका थिए।

यद्यपि, पार्टी सभापति लामिछानेले बैठक आयोजना गरेकोमा धन्यवाद दिँदै प्रधानमन्त्रीको खोजी भएको श्रम संस्कृति पार्टीका महासचिव राईले बताए।

लामिछानेले भने आफूले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको बचाउ गरे । घटनालाई न्यूनीकरण गर्न सक्रिय रूपमा काम गरिरहेकाले उनीहरूको भूमिकामाथि प्रश्न उठाउने ठाउँ नरहेको उनले बताएका थिए।

‘प्रधानमन्त्री र गृहमन्त्री एक्सनमा काममा लागिरहनुभएको छ। यो घटनाप्रति उहाँहरू अत्यन्त गम्भीर हुनुहुन्छ। नेपाल सरकारले गम्भीरताका साथ छानबिन गर्न समिति समेत त्यहाँ पठाइसकेको अवस्था छ,’ रविले भने, ‘सबै ठाउँमा प्रधानमन्त्री नै पुगिदिऊन् जस्तो लाग्न सक्छ, तर भनेजस्तो नहुने रहेछ। उहाँहरू अत्यन्त गम्भीर ढंगले यसको अध्ययन गरिरहनुभएको छ। राज्यका सबै संयन्त्र परिचालन गरेर घटनाको सत्यतथ्य अध्ययन भइरहेको छ।’


घटनामा प्रधानमन्त्री र गृहमन्त्री निरीह भएको आरोप समेत प्रतिपक्षी दलले लगाएका थिए। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले घटनालाई दुईपक्षीय द्वन्द्वका रूपमा हेर्न नहुने उल्लेख गर्दै यस्ता घटना विगतमा पनि भएकाले यसको मूल जरो पत्ता लगाई दीर्घकालीन समाधान खोज्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ११ : ५७ बजे

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव

लघुवित्त पीडित आज पनि धर्नामा (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितहरूले आज बुधबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा

कप्तानगञ्ज तनाव साम्य बन्दै, छानबिन टोली घटनास्थलमा

काठमाडौं– सुनसरीको कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि उत्पन्न भएको तनाव अहिले साम्य

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।