बालेन मौन बस्दा सक्रियता बढाउँदै रवि, मधेशवादी नेताहरूसँग गरे लामो संवाद « Khabarhub

बालेन मौन बस्दा सक्रियता बढाउँदै रवि, मधेशवादी नेताहरूसँग गरे लामो संवाद


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरीबाट सल्किएको साम्प्रदायिक हिंसाको आगो मधेशमा पनि सल्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई निरन्तर सक्रिय बनाएका छन्।

बुधबार सर्वदलीय बैठक राखेका उनले राष्ट्रपति रामचन्द्र पौडेललाई समेत भेटेर ब्रिफिङ गरे। उता बिहीबार साँझ उनले मधेशकेन्द्रित दलका शीर्ष नेताहरूलाई सिंहदरबारमा बोलाएर संवाद गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भइरहँदा रविले मधेशवादी दलका नेतासँग लामो संवाद गरेका हुन् । सुनसरीस्थित देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जबाट दुई समुदायबीच बढेको तनाव मधेशभर सरेको छ।

बिहीबार दिउँसो आन्तरिक छलफल गरेपछि मधेशवादी नेताहरू साँझ सत्तारुढ दलका सभापति रवि लामिछानेलाई सिंहदरबार पुगेर भेटेका हुन् । रास्वपा संसदीय दलको कार्यालयमा भएको भेटबारे विस्तृत केही आएको छैन।

भेटमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जसपा नेता रामकुमार शर्मा, मुस्लिम आयोगका पूर्व अध्यक्ष समिम मियाँ अन्सारीलगायत सहभागी थिए ।

यसअघि उनीहरूले मधेशमा पछिल्लो समय बिग्रँदै गएको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे आन्तरिक छलफल गरेका थिए । आइतबार राति सुनसरीबाट सुरू भएको हिंसात्मक द्वन्द्व मधेशसम्म पुगेको छ । मधेशका धनुषा, सिरहा, पर्साका विभिन्न क्षेत्र तनावग्रस्त छन् । सिरहाको गोलबजारमा एकजनाको ज्यान नै गएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ७ : ५९ बजे

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट