कुवेतमा ड्रोन आक्रमणमा मारिने नेपाली तेह्रथुमका सोमकुमार तमाङ « Khabarhub

कुवेतमा ड्रोन आक्रमणमा मारिने नेपाली तेह्रथुमका सोमकुमार तमाङ


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको ड्रोन आक्रमणमा परी सवारी चालकका रूपमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि त्यहाँस्थित नेपाली दूतावासले गरेको छ।

कुवेतस्थित नेपाली राजदूतावासका अनुसार तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको उक्त आक्रमणमा परी निधन भएको हो। घटनाबारे कुवेतको विदेश मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको दूतावासले जनाएको छ।

राजदूतावासले तामाङको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। दूतावासले तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउन सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइने जनाएको छ।

यसैबीच, कुवेतमा रहेका सबै नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै मापदण्ड पूर्ण रूपमा पालना गर्न, संयमित रहन र सुरक्षित स्थानमा बस्न नेपाली राजदूतावासले आग्रह गरेको छ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ११ : २९ बजे

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर– कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने

मधेशवादी दलका नेताले प्रधानमन्त्रीलाई सोधे : ताकेरै कम्मरमाथि गोली चलाउन कसले आदेश दियो ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलहरूसँग छलफल गरेका छन्।

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैङ्क

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा