धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि « Khabarhub

धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेको बन्ठु राउत कडेरी पुजारीको नभएको पुष्टि भएको छ । 

मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले कडेरी पुजारी नभएको स्पष्ट गरे ।

मृत फेला परेका कडेरी पुजारी भएको भन्दै सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यममासमेत सूचना र समाचार सम्प्रेषण भइरहेका सन्दर्भमा प्रदेश प्रहरी प्रमुख अधिकारीले गलत सूचना सम्प्रेषण भएकामा आपत्ति व्यक्त गर्दै यस किसिमको संवेदनशील विषयमा भ्रम नफैलाउन सबैसँग अनुरोध गरेका हुन् । 

यसैगरी, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि आज एक विज्ञप्ति जारी गर्दै मृतक कडेरी पुजारी नभई घुमी हिँड्ने व्यक्ति भएको स्पष्ट गरेको छ । 

जिप्रका धुनषाका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले भने, ‘मन्दिर परिसरमा फेला परेको शव कडेरीको हो, उहाँ मन्दिरका पुजारी नभई घुमी हिँड्ने व्यक्ति भएको पुष्टि भएको छ, घटनाका सम्बन्धमा विस्तृत रुपमा अनुसन्धान गर्न कुकुरसहितको टोली खटिएको छ ।’

प्रहरीले यो घटनालाई धर्मसँग नजोड्न आग्रह गर्दै उहाँ बाहिर कामकाज गरी मन्दिरमा सुत्न आउने गरेको र घटना विशुद्ध आपराधिक व्यक्तिबाट भएको बताएको छ । घटनामा संलग्न जोसुकैलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता पनि प्रहरीले व्यक्त गरेको छ ।
 

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ११ : ४९ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक