शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली « Khabarhub

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा सद्भाव र्याली निकालेका छन् । 

तराई मधेशमा देखिएको अशान्तिलाई अन्त्य गर्रौ, धार्मिक तथा साम्प्रदायिक दंगा फैलिनबाट देशलाई जोगऔं भन्दै नागरिक अगुवाहरुले शुक्रबार काठमाडौंको माइतिघरदेखि बबरमहलसम्म सद्भाव र्याली निकालेका हुन् ।

र्यालीमा सहभागीहरुले हिंसा होइन, संवाद रोजौ, एकता हाम्रो शक्ति, हाम्रो प्रतिवद्धता, एक नेपाली साझा जिम्मेवारी, शान्ति कायम गरौं, सामाजिक सद्भाव बचाऔं लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

देशव्यापी रूपमा फैलिएको डर र त्रासलाई हटाएर शान्ति र सुव्यवस्था कायम गर्न सवै एकताबद्ध हुनुपर्ने उनीहरुले जनाएका छन् ।

गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराईले सुनसरी लगाएतका घटनाको छानबिन गर्न, दोषीलाई कारबाही गर्न र वार्ता सुरु गर्न आग्रह गरे । 

मुलुकमा शान्ति कायम गर्न वर्तमान परिस्थितिमा आफुहरु मध्यस्थता गर्न तयार रहेको उनीहरुको भनाइ छ । 

साथै उनीहरुले थप साम्प्रदायिक दङ्गा, हत्या र हिंसा रोक्न सरकारले धार्मिक संघसंस्थाहरूलाई तत्काल वार्ताको टेबलमा बोलाउनुपर्नेमा जोड दिएका छन् ।  

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ४ : २२ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक