राहदानी आवेदन फाराम शुक्रबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह « Khabarhub

राहदानी आवेदन फाराम शुक्रबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह


१६ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम आगामी शुक्रबारसम्म खुला राख्ने जनाएको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै शनिबार र आइतबार सार्वजनिक बिदाका दिनसमेत राहदानी आवेदन फाराम भर्न सकिने जानकारी दिएको हो।

विभागका अनुसार वैदेशिक रोजगार विभागले साउन १४ गते जारी गरेको सूचनाअनुसार दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत आवेदन दिने म्याद थप भएपछि त्यसलाई मध्यनजर गर्दै राहदानी आवेदन फाराम खुला राखिएको हो।

विभागले आवेदन फाराम भरेका सेवाग्राहीलाई फाराममा उल्लेख गरिएको मिति र समयमा नै विभागमा उपस्थित भई राहदानी सेवा लिन आग्रह गरेको छ।

तोकिएको समयमा सेवाग्राही उपस्थित भए सेवा प्रवाहलाई थप व्यवस्थित र सहज बनाउन सहयोग पुग्ने विभागले जनाएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८३, शनिबार  ३ : ४६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका