टी–१० लिग : पारससामेल अबुधावीको जित « Khabarhub

टी–१० लिग : पारससामेल अबुधावीको जित


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी–१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्काको टिम अबुधावीले जित हात पारेको छ । आइतबार भएको खेलमा नर्दन वारियर्सलाई पराजित गर्दै टिम अबुधावीले ४ अंक बटुलेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नर्दनले १ विकेट गुमाएर ९२ रन बनाउँदै अबुधावीलाई ९३ रनको विजयी लक्ष्य दिएको थियो । उक्त लक्ष्य अबुधावीले ९ बल बाँकी हुँदै पुरा गर्यो ।

अन्तिम समयमा ब्याटिङमा आएका पारसले टिमका लागि एक रनको योगदान गरे । अबुधावीका लागि लुका राइटले ४८ रन बनाए भने कप्तान मोइन अलिले ३० रन बनाएका थिए ।

अबु धावीविरुद्ध नर्दनका क्रिस ग्रिनले २ तथा मार्क ड्यालले १ विकेट हात पारे । यसअघि पहिलो ब्याटिङ गरेको नर्दनका लागि आन्द्रे रसेलले ३७ रन बनाएका थिए भने साम विलिम्सले ३५ रन बनाएका थिए ।

नर्दनविरुद्ध अबुधावीका वेन लाफिङले विकेट लिएका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ०९ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको