अत्यधिक गर्मीका कारण हङ्गेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने « Khabarhub

अत्यधिक गर्मीका कारण हङ्गेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बुडापेस्ट– ड्यान्युब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि हङ्गेरीले ४४ वर्षपछि पहिलो पटक आफ्नो एकमात्र आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ । प्रधानमन्त्री पिटर म्याग्यारले आइतबार यसबारे जानकारी दिएका हुन् ।

युरोपभर लामो समयदेखि जारी खडेरी र अत्यधिक गर्मीका कारण उत्पन्न ऊर्जा सङ्कटको पछिल्लो प्रभावका रूपमा हङ्गेरीले पाक्स आणविक ऊर्जा केन्द्र बन्द गर्ने निर्णय गरेको हो ।

बुडापेस्टको दक्षिणमा रहेको उक्त केन्द्रले सामान्य अवस्थामा हङ्गेरीको करिब एक तिहाइ विद्युत् माग पूरा गर्दै आएको छ । केन्द्रका उपकरण चिस्याउन ड्यान्युब नदीको पानी प्रयोग गरिन्छ । 

तर मे महिनादेखि वर्षाको कमी र निरन्तरको उच्च तापक्रमका कारण नदीको जलस्तर अत्यधिक घटेको छ ।

प्रधानमन्त्री म्याग्यारले सामाजिक सञ्जाल ‘एक्स’ मा ड्यान्युबको पानीको सतह थप घटेकाले पाक्स केन्द्रका बाँकी दुई उत्पादन एकाइमध्ये एउटालाई आइतबार बिहान बन्द गरिने बताएका छन् ।

उनका अनुसार यससँगै केन्द्रको उत्पादन क्षमता घटेर २४० मेगावाटमा सीमित हुनेछ र अर्को दिन ४४ वर्षपछि पहिलो पटक केन्द्र पूर्ण रूपमा बन्द गरिनेछ ।

यसअघि केन्द्र सञ्चालकले पानीको सतह निरन्तर घटेमा आगामी साताको मध्यसम्ममा पाक्स केन्द्र पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका थिए ।

हङ्गेरीको राष्ट्रिय मौसम सेवा ‘हङ्गारोमेट’ले आगामी दिनमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरेको छ । बिहीबार तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्न सक्ने बताइएको छ, जुन यस गर्मीयामको अहिलेसम्मकै उच्च तापक्रमसँग बराबर हुनेछ । रासस

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  १ : ५६ बजे

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन