नेकपाले टुंग्यायो प्रवास समन्वय कमिटी नेतृत्व, इन्चार्जमा विन्दा पाण्डे « Khabarhub

नेकपाले टुंग्यायो प्रवास समन्वय कमिटी नेतृत्व, इन्चार्जमा विन्दा पाण्डे


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रवास समन्वय कमिटीको नेतृत्व टुंगो लगाएको छ।

आइतबार अपराह्न बसेको सचिवालय बैठकले नेतृ विन्दा पाण्डेलाई प्रवास समन्वय कमिटीको इन्चार्ज बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘प्रवासी नेपालीहरूको सम्पर्क एकता स्थापित गर्ने र प्रवासी नेपालीहरू हकहितको रक्षामा भूमिका खेल्न समन्वय कमिटी गठन गरिएको छ,’ प्रवक्ता श्रेष्ठले भने,‘हाम्रो पाटीको प्रवासमा कमिटी बनाउने नीति भने छैन।’

कमिटीको सहइन्चार्जको जिम्मा लक्ष्मण पन्तलाई दिइएको छ भने अध्यक्षमा युवराज चौंलागाईलाई नियुक्त गरिएको छ। श्रीप्रसाद साहलाई कमिटीको सचिव र दिलु बिकलाई सदस्य बनाइएको छ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : २५ बजे

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२