‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ « Khabarhub

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र लैङ्गिक समानता कायम गर्ने उद्देश्यका साथ ‘महिला शक्ति जागरण अभियान’ को औपचारिक शुभारम्भ गरिएको छ ।

आइतबार कल्किज्म रिसर्च एण्ड ट्रेनिङ सेन्टरको सहयोग तथा युवाहरूको सहकार्यमा सुरु गरिएको यस अभियानले महिला अधिकार, कानुनी सुधार र सामाजिक न्यायका विषयमा सार्वजनिक बहस प्रारम्भ गर्ने लक्ष्य राखेको छ । 

अभियानका तर्फबाट दाइजो प्रथा अन्त्य गर्न र महिलामाथिका हिंसा नियन्त्रण गर्न ५ बुँदे ‘कल्कि कानुन’ को प्रस्ताव समेत सार्वजनिक गरिएको छ । 

कार्यक्रममा बोल्दै कल्किज्म रिसर्च एण्ड ट्रेनिङ सेन्टरका अध्यक्ष डा. उमाशंकरले नेपालको तराइमा दाइजो प्रथा अत्यधिक रुपमा बढ्दै गएको उल्लेख गर्दे हजारौँ युवतीहरूले दाइजोका कारण ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले दाइजो प्रथा अन्त्य र समान खर्चको माग गर्दै ५ बुँदे प्रस्ताव सार्वजनिक गरिएको बताए ।

कार्यक्रममा बोल्दै नायिका तथा अभियन्ता रेखा थापाले नेपालमा सती प्रथाको अन्त्य भए पनि अझै पनि महिलाहरूले कुनै न कुनै रुपमा विभेद लगायत हिंसाको सामना गर्नु परिरहेको बताइन् । उनले देशमा ठुला ठुला विकास निर्माण र संवृद्धिका कुरा गर्दे गर्दा महिलाहरूका विषय भने ओझेलमा परेको बताइन् ।

त्यसतै पूर्व मिस नेपाल उषा खड्गीले महिला सम्बन्धी धरै कानुन बने पनि कार्यान्वयनको पाटो भने सधैँ फितलो रहेको बताइन् ।

कार्यक्रममा बोल्दै अभियन्ताहरूले दाइजो कुप्रथालाई ३ वर्षभित्र देशबाट पूर्ण रूपमा अन्त्य गर्दै नेपाललाई विश्व गुरु बनाउने अभियानमा सम्पूर्ण सञ्चारमाध्यम र नागरिक समाजलाई सहयोग गर्न अपिल गरेका छन्।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ४ : ३३ बजे

प्रसाईंको आरोप : सरकार र सत्तापक्षका नेताले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति गरे

काठमाडौं– राष्ट्रिय मुक्ति अभियानका संयोजक तथा अभियन्ता दुर्गा प्रसाईँले वर्तमान

अन्तर–विद्यालय क्विज प्रतियोगिता, माउन्ट सेब प्रथम, लालीगुराँस द्वितीय

काठमाडौं- डाइनामिक एजुकेसन एसोसिएसन (डिन) को आयोजनामा काठमाडौंमा अन्तर–विद्यालय क्विज

जापानी अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरको येन खरिद गर्ने

काठमाडौं– जापानको अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरका येन खरिद

झापामा मानव-हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको ज्यान गयो

भद्रपुर– झापामा मानव-हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ । पछिल्लो

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं– अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चारजना पक्राउ परेका