के हो राहु र केतु ? यी ग्रहको दुष्प्रभावबाट बच्न के–के गर्ने (महाउपाय) « Khabarhub

के हो राहु र केतु ? यी ग्रहको दुष्प्रभावबाट बच्न के–के गर्ने (महाउपाय)


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

राहु केतुको नाम लिनसाथ धेरैको मनमा डरको भावना आउने गर्दछ । यी दुवै ग्रह क्रुर हुने र समस्या ल्याउने कारक मानिन्छन् ।

यी ग्रहका कारण अशुभ परिणामबाट व्यक्तिले कैयौं शारीरिक र मानसिक समस्या भोग्नुपर्ने हुन्छ । यी दुई ग्रहको अन्य ग्रह झै वास्तविक रूप वा आकार हुँदैन । यी दुवै छाया ग्रह हुन् । यी मध्ये राहु शीर हो भने केतु शरीर हो ।

यसैले शरीरको माथिल्लो भागमा कुनै समस्या भए राहु र शरीरको तल्लो भागमा कुनै समस्या आएमा केतु जिम्मेवार हुने गर्दछ । कुण्डलीमा यी दुबै ग्रहका कारण काल सर्प दोषको समेत निर्माण हुन्छ । अर्थात कुण्डलीमा राहु र केतुको बीचमा सबै ग्रह आउँछन् भने यसलाई काल सर्प दोष मानिन्छ ।

यदि कुनै राशिका जातकको कुण्डलीमा राहुको दशा वा महादशा चल्दछ भने सो ब्यक्तिले कैयौं समस्याको सामना गर्नुपर्ने हुन्छ । यदि कुनै राशिको जातकको कुण्डलीमा राहुको वक्र दृष्टि परेको छ भने उसको अगाडि संकटको लाम लाग्ने गर्दछट ।

यस्तै केतुको नकारात्मक प्रभावले व्यक्तिको जीवनमा अचानक संकट आउने हुनसक्छ । यस्तो अवस्थामा यी दुबै ग्रहसँग जोडिएका उपाय गरेर मात्र समस्याबाट मुक्ति पाउन सकिन्छ । राहु र केतुको प्रभावबाट बच्न निम्न उपाय गर्न सकिन्छ :

१०८ पटक राहु केतुको मन्त्र जाप गर्ने

राहुको मुख्य मन्त्र – ॐ भ्रां भ्रीं भ्रौं सः राहवे नमः
केतुको मुख्य मन्त्र – ॐ स्रां स्रीं स्रौं सः केतवे नमः

यी देवी देवताको पूजा गर्ने

राहु ग्रहको शान्तीको लागी माता दुर्गा भवानी तथा भैरव देवको आराधना गर्नुपर्छ । त्यस्तै केतु ग्रहको शान्तीका लागी गणेश भगवानको आराधना गर्नुपर्छ ।

के धारण गर्ने ?

राहु ग्रहको दुष्प्रभावबाट बच्न आठ मुखे रुद्राक्षको धारण गर्नुपर्छ । साथै केतुको दुष्प्रभावबाट बच्न नौ मुखे रुद्राक्ष वा अश्वगन्धाको जरा धारण गर्नुपर्छ ।

यी वस्तुको दान गर्ने

राहु ग्रहबाट मुक्ति पाउन जौँ, सरस्युँ, धातुका सिक्का, ७ प्रकारका अन्नको दान गर्नुपर्छ । त्यस्तै केतुबाट मुक्ति पाउन केरा, तिल, कालो कम्बल (ओढ्ने) लगायतका वस्तुको दान गर्नुपर्छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ४३ बजे

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको