बैंकिङ क्षेत्रबारे अझै सर्वसाधारण सचेत हुन सकेनन् : गर्भनर नेपाल « Khabarhub

बैंकिङ क्षेत्रबारे अझै सर्वसाधारण सचेत हुन सकेनन् : गर्भनर नेपाल


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले बैंकिङ विषयबारे अझै पनि चेतनास्तर वृद्धि हुन नसकेको बताएका छन् ।

काठमाडौंमा सुरु भएको तेस्रो बैंकिङ एक्स्पो २०१९ को आइतबार उद्घाटन गर्दै गर्भनर नेपालले मानिसहरुमा अझै पनि नोटबारे आवश्यक जानकारी नहुँदा उचित किसिमले सुरक्षा र उपयोग समेत गर्न नसकिएको बताएका हुन । यस्तो एक्सपोले जनचेतना बढाउन भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कायम मुकायम अध्यक्ष्य परिष्ठनाथ पौडेलले धितोपत्र बोर्डले अब सबै बिमा कम्पनीहरुले आफैले सामुहिक लगानी कोष राख्न पाउने गरि नियमावली बनाइसकेको जानकारी दिए ।

भित्री कारोबार निरुत्साहित गर्न समेत बोर्डले काम गरिरहेको उनले उल्लेख गरे ।

नेपाल बैंकर्स एसोसियसनका सदस्य अशोक शेरचनले पछिल्लो समय ह्याकिङको समस्या बढ्दो रहनु चिन्ताको विषय रहेको र यसका लागि ग्राहकहरु पनि उत्तिकै सचेत हुनुपर्ने बताए ।

बैंक, बिमा र पुँजी बजारको बारेमा जानकारी दिने उद्देश्यले दुई दिने एक्स्पो गरिएको हो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ९ : १५ बजे

केराको बोट सुक्न थालेपछि किसान चिन्तित

म्याग्दी – जिल्लाको बेनी नगरपालिका-२ खबराको बगैँचामा केराको बोट सुक्न

रवि र शिशिरले भनेजस्तै नेपाल-भारत सम्बन्ध ‘रिसेट’ भएकै हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणबाट

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

काठमाडौं– सोमबारदेखि निजामती कर्मचारीले पाउने स्वास्थ्यसम्बन्धी सेवासुविधा चितवनको भरतपुर अस्पताल

विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

सिद्धार्थनगर– गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौँ जान लागेका एक भारतीय नागरिकका साथबाट