दुर्गा प्रसाईंको रिहाइ माग गर्दै प्रदर्शन (तस्बिरहरू) « Khabarhub

दुर्गा प्रसाईंको रिहाइ माग गर्दै प्रदर्शन (तस्बिरहरू)


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँलाई रिहा गर्न माग गर्दै उनका समर्थकले माइती घरमा प्रदर्शन गरेका छन् ।

परिस्थिति भड्काउने अभिव्यक्ति दिएको आरोपमा आइतबार भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईँलाई बिनाशर्त रिहाइ गर्न माग गर्दै माइती घरमा प्रदर्शन गरिएको हो ।
 
विभिन्न आठ बुँदे माग राख्दै नागरिक बचाउ महाअभियान, नागरिक बचाउ दल नेपाल र प्रस्तावित नयाँ राष्ट्रवादी पार्टी नेपालले सोमबार प्रदर्शन गरेका हुन् ।

उनीहरूले दुर्गा प्रसाईँलाई रिहा गर्नुपर्ने, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने, सामाजिक सद्भाव कायम गर्नुपर्ने, सुकुम्वासी समस्या समाधान गर्नुपर्ने, वैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने, १२ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने, लघुवित्त, बैंक, सहकारी र मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्नेलगायत माग सरकारसँग राखेका छन् । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  २ : ५८ बजे

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न